काठमाडौंमै भेटियो साढे दुर्इ करोड नक्कली हजारका नोट

यति ठूलो परिमाणमा नक्कली नोट भेटिएपछि प्रहरी दङ्ग

काठमाडौं, ६ जेठ । चलचित्र लुटका निर्माता माधव राज वाग्लेकाे घरबाट प्रहरीले बरामद गरेकाे साढे दुर्इ कराेड नाेट पूरै नक्कली भएकाे प्रमाणित भएकाे छ । नेपाल राष्ट्र बैंकले वाग्लेको घरबाट बरामत भएका सबै नाेट नक्कली भएकाे प्रमाणित गरेकाे हाे ।

यसअघि प्रहरीले वाग्लेकाे घरबाट २ करोड ५२ लाख रुपैयाँ बरामद गरेकाे थियाे । महानगरीय प्रहरी परिसर टेकुले वाग्लेको घरबाट बरामद भएपछि ती नाेट नक्कली हो कि होइन भन्ने छुट्टाउनका लागि पत्रसहित राष्ट्र बैंक पठाएकाे थियाे । राष्ट्र बैंकले आइतबार उक्त रकम नक्कली भएको प्रमाणित गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता नाराणप्रसाद पौडेलका अनुसार प्रहरीलाई नक्कली भएको प्रमाणित पत्र समेत दिइसकको छ। राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाहीको अघि बढाउन पत्रमार्फत प्रहरीलाई निर्देशन समेत दिइसकिएको प्रवक्ता पौडेलले जानकारी दिए।

अदालतबाट कानुनी कारबाही प्रक्रिया टुंगिएपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा ९४० मा भएको व्यवस्था बमोजिम प्रहरीले बरामद गरेको सम्पूर्ण नोट राष्ट्र बैंकमा दाखिला गर्नुपर्ने छ।

Loading...