अाफ्ना भागमा परेका केन्द्रीय सदस्य छान्न प्रचण्डलार्इ निकै सकस

काठमाडौँ, ३ जेठ । नेकपा एमालेसँग गाभिएकाे विघटित नेकपा माओवादी केन्द्रले अहिलेसम्म अाफ्ना भागमा परेका २०० केन्द्रीय सदस्यकाे पूरा नाम सार्वजनिक गर्न सकेकाे छैन । यसअघि करिव पाँच हजार वरिपरिका केन्द्रीय सदस्य बनाएर संगठनकाे भद्दा अभ्यास गरेकाे माअाेवादी केन्द्रलार्इ अहिले त्यही कुरा निल्नु न अाेकल्नु भएकाे छ । 

पाँच हजारबाट दुर्इ सयमा झार्न अहिले साे पार्टीका नेताहरुलार्इ हम्मे हम्मे परेकाे छ । अहिलेसम्म साे समूहले ८८ जना केन्द्रीय सदस्यकाे मात्र नाम टुङ्गाे लगाएकाे बताइएकाे छ । अहिले बाँकी रहेका सदस्यको नाम टुंगो लगाउनका नेताहरु निकै कसरत गरिरहेका छन ।

यसैबीच अाज सोमबार नै नयाँ पार्टीकाे सचिवालयकाे बैठक पनि बस्ने बताइएकाे छ । 

Loading...