नेकपा नेतृ धीरेन्द्रा सहित पाँच नेता रिहा, युवा अध्यक्ष बिबस पुनः गिरफ्तार

काठमाडौँ, ७ जेठ ।

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरेन्द्रा उपाध्याय र ललितपुर सेक्रेटरी विपिनसहित पाँच जना नेताहरु रिहा भएका छन् । जिल्ला अदालत ललितपुरको आदेशमा उनीहरु आइतबार रिहा भएका हुन् ।

उनीहरुसँगै रिहा भएका नेकपाको युवा संगठन योङ रेड फोर्सका अध्यक्ष बाबुराम राईलाई भने पुनः गिरफ्तार गरिएको छ । रिहा भएलगत्तै प्रहरीले राईलाई गिरफ्तार गरेर बेपत्ता बनाएको सो पार्टीले जनाएको छ । तर संचारकेन्द्रलाई प्राप्त जानकारी अनुसार राईलाई मोरङ लगेको बताइएको छ ।

Loading...