मानवअधिकारको अवस्था दयनीय, सरकार निरंकुश बन्दै गएको आरोप

काठमाडौ, ४ जेठ । बिभिन्न दलका नेता र मानव अधिकारकर्मीहरुले मुलुकमा मानवअधिकारकाे अवस्था अत्यन्त दयनीय रहेकाे बताएका छन् ।

जनाधिकार अभियान नेपालले शुक्रबार राजधानीमा अायाेजना गरेकाे वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकार विषयक अन्तर्कियामा वक्ताहरूले संविधानमा लाेकतन्त्र भनेपनि व्यवहारमा निरंकुशता लाद्न् प्रयत्न भइरहेकाे अाराेप लगाए ।

जनाधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकार शिर्षकमा प्रस्तुत २ पृष्ठ लामाे कार्यपत्र प्रस्तुत गर्दै वक्ताहरुलाई धारणा राख्न अाग्रह गरे । भण्डारीकाे उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै उनीहरुले राष्ट्रियता, सुशासन, मानवअधिकार र शान्तिप्रक्रिया जटिल स्थितिबाट गुर्जिरहेकाले राष्ट्रियताकाे रक्षा, मानवअधिकारकाे पुर्ण प्रत्याभुति, शान्तिप्रकियाजस्ता गंभिर विषयमा राज्यलाई दवाव दिन अधिकारकर्मी र सचेत नागरिकहरु देशव्यापी रुपमा अभियान थाल्नुपर्ने सुझाए ।

नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीका पाेलिट्व्युराे सदस्य पदम राईले राज्य निरंकुश भएर जनतामाथि दमन, धरपकड, अपहरण जस्ता जघण्य कार्य गरिरहँदा मानवअधिकारवादी र नागरिक समाज नबाेल्नु चिन्ताकाे विषय भएकाे बताए ।

राष्ट्रियता जनतन्त्र र जनजिविकाका बिषयमा अाफ्नाे पार्टी दृढतापुर्वक लडिरहेकाे भन्दै राईले राष्ट्र र जनसराेकारका बिषयमा बाेल्दा/लड्दा राज्य दमन गर्छ भने प्रतिराेधमा उत्रने चेतावनी दिए । बिहिबार मात्र एकता गरी केपी अाेली र पुष्पकमल दाहालले नेतृत्व गरेकाे नेकपाका नेता झक्कु सुवेदीले नेपालकाे राष्ट्रियता असाध्यै कमजाेर बनेकाे भन्दै माेदीकाे नेपाल भ्रमणमा भारतीय सेना अाउनु लज्जास्पद विषय भन्दै प्नश्न गरे, “नेपालका प्रधानमन्त्री केपि अाेली भारत भ्रमण गर्दा के नेपाली सेना लिएर गएका थिए ?” राष्ट्रियता संटकमा पर्दै गएकाले राष्ट्रप्रेमीहरु सत्ताधारीहरुलाई निरन्तर खबरदारी गर्नुपर्ने झक्कुकाे सुझाव थियाे ।

नेकपाकै नेता ऋषि कट्टेलले शान्तिपूर्ण जनसंघर्षमा उत्रेका नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरुमाथि केपि सरकारले तिव्र दमन गरेकाेमा अापत्ती जनाउँदै अब सत्ताधारीहरुकाे चरम दमन विरुद्ध प्रतिारेध संघर्ष अनिवार्य भएकाे धारणा राखे ।

काँग्रेस नेतृ पुष्पा भुसालले सरकार लाेकतन्त्रका नाममा अधिनायकबाद लाद्न उद्दत भएपनि जनताले सहन नगर्ने बताईन् ।

नेपाल बार एशाेसियसनका अध्यक्ष शेरबहादुर केसीले देशमा लाेकतन्त्र छैन कि भन्ने अाभाष हुन थालेकाे भन्दै शान्तिपुर्ण भेला सभामा हसतक्षेप गरेर माैलिक अधिकार हरण गर्नु निन्दनीय काम वर्तमान सरकारले गरिरहेकाे अाराेप लगाए ।

मानवअधिकारकर्मी प्रा. कपिल पाेख्रेल, सुवाेध प्याकुरेल चरण प्रसाई, नागरिक समाजका अगुवा सुन्दरमणी दीक्षितलगायतले संविधानमा एउटा लेख्ने तर अभ्यासमा ठिक उल्टाे काम गर्ने सरकारलाई सबै अधिकारकर्मीहरु खवरदारीका लागि जुट्नुपर्ने अावश्यकता अाैंल्याए ।

नेपाल पत्रकार महासंघका पुर्व सचिव एवं जनाधिकार अभियान नेपालका केन्द्रीय नेता प्रभात चलाउनेले नागरिककाे अभिव्यक्ति स्वतन्त्रता हरण गर्ने अाेली सरकारबिरुद्ध सबै सराेकारवालाहरुले सशक्त ढंगले खवरदारी गर्नुपर्ने धारणा राखेका थिए ।

Loading...