एमालेसँग एकता गर्दा प्रचण्डमाथि उठाए बाबुरामले यस्तो गम्भीर प्रश्न

काठमाडौं, ३ जेठ । नेपाली जनताको मुक्तिका लागि दशबर्षे जनयुद्धको नेतृत्व गरेका मुख्य नेतृत्व कर्ता प्रचण्ड, किरण र बाबुराम अहिले अलग अलग ठाउँमा छन् । प्रचण्ड एमालेमा बिलय हुदै छन् । बिहिबार एकता घोषणा नै छ ।

एमालेसँग एकता हुनै लाग्दा माओवादी केन्द्रको व्यापक आलोचना सुरु भएको साथै अधिकाँश माओवादी नेता कार्यकर्ता उत्साहित पनि छन् । । तर जनयुद्धकालिन नेता कार्यकर्ता भने निराश छन् । प्रचण्डले आफु र आफ्ना वरीपरी घुम्ने केहि झुण्डको स्वार्थ पूर्तिका लागि एमालेसँग एकतामा जान लागेको उनीहरुको बुझाई छ ।

यसैबीच नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मदन भण्डारीको स्मृति दिवसको दिन एमालेसँग एकता गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘मदनपथ’ स्वीकार गरेको हो भनी प्रश्न गरेका छन् ।

ट्विटरमा स्टाटस लेख्दै उनले पार्टी एकतालाई जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध जनयुद्ध गरेकोमा पश्चाताप गर्दै प्रचण्डले मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि होइन प्रष्ट पार्न आग्रह गरेका छन् ।

उनले पार्टी एकतालाई एमाले र माओवादी केन्द्रको विलय भनी टिप्पणी गरेका छन् ।

भट्टराईले लेखेका छन् ‘आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस् !’

बाबुरामको यो स्टाटसले एकतासँग असहमति राख्ने माओवादी नेता कार्यकर्ता नतमस्तक बनेका छन् ।

 

यसैबीच प्रचण्डले मदन-आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् ।उनले मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए ।

२५ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जादैछौं ।’

आज नयाँ प्रक्रिया शुरु गर्न लागेको बताउँदै प्रचण्डले भने, ‘यो नै कमरेड मदन र आश्रतिप्रतिको सच्चा सम्मान हुनेछ ।’

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो । मदन-आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएकाे यो पहिलाे पटक हाे ।

यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए ।

मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो । कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं । कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ ।’

केहीलाई अधिनायकवाद ल्याउँछन् कि भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले दुई पार्टीको एकता दमनकारी नभएको बताए । उनले भने, शासन गर्न होइन, जनताको सेवा गर्न हो । दमनकारी हुन होइन, विकासकारी हुन हो ।’

Loading...