संयोजन समितिद्वारा पार्टी एकता अनुमोदन

काठमाडौं, ३ जेठ ।

एमाले–माओवादी पार्टीबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ।

संयोजन समितिको बैठक सकिएसँगै दुबै दलका अन्तिम बैठक बस्न लागेका छन्। एमालेको आकस्मिक केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्न लागेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

दुबै दलले एकताको प्रस्तावलाई पारित गर्ने छन्। त्यसपछि नेताहरू नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ।

Loading...