अखिल क्रान्तिकारीद्वारा राजधानीमा विशाल प्रदर्शन, वैज्ञानिक शिक्षाका लागि बलिदान गर्न तयार रहेको उदघोष

काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अाज राजधानीमा विशाल प्रदर्शन गरेकाे छ । ५४ अाैं विद्यार्थी दिवसकाे अवसरमा क्रान्तिकारीले विशाल र्यालीसहित प्रदर्शन गरेकाे हाे ।

र्यालीपछि क्रान्तिकारील लैनचाैरमा अायाेजना गरेकाे सभामा बाेल्दै नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढाले वर्तमान ‘दलाल संसदीय राज्यसत्ता’बाट शैक्षिक अधिकार असम्भव भएको बताए ।

नेता बुढाले भने ‘यो व्यवस्थाले निशुल्क दिनुपर्ने शिक्षालाई नागरिकलाई महंगोमा बिक्री गरिराखेको छ । शैक्षिक दलालहरुसँग मौलिक अधिकार शिक्षालाई सर्वसाधारणको हातबाट खोसेर एनजीओ र आईएनजीओलाई बुझाएको छ’ नेता सन्तोष भने ‘अहिलेको दलाल राज्यसत्ता नभत्काएसम्म जनताले निशुल्क शिक्षा प्राप्त गर्न सक्दैनन् । त्यसनिम्ति वैज्ञानिक समाजवादी राज्यसत्ता नै चाहिन्छ ।’

नेता बुढाले उच्च तह, प्राविधिकलगायत सबैखाले शिक्षा निशुल्क गर्ने व्यवस्था वैज्ञानिक समाजवादमा हुने बताउँदै त्यसनिम्ति नेकपाले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न संघर्ष चलाइरहेको स्पष्ट पारे । चुनावबाट पनि शैक्षिक दलालहरुनै सरकारका मन्त्री बनेकाले यो सरकारबाट वैज्ञानिक र व्यवहारिक शिक्षाको अपेक्षा नागरिकले गर्नु बेकार हुने उनको भनाई थियाे ।

त्यसैगरी कार्यक्रममा बाेल्दै अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले नागरिकको नि:शुल्क शिक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न पनि अखिल क्रान्तिकारी सधै तयार रहेको बताए । उनले भने, ‘दलाल सरकारको महंगो शिक्षा मान्दैनौं, जनतालाई निशुल्क शिक्षा दिलाउन हामी बलिदान दिन तयार छौं । चर्को शुल्क लिइरहेका विद्यालयहरु सूचीमा परेका छन् । छिट्टै जनताको साथ लिई कारवाही अगाडि बढाउँछौं । यसमा प्रशासनले सहयोग गर्नुपर्छ ।’

साथै उनले सरकारले शिक्षालाई निजी क्षेत्रको दलाली चक्रमा पारिदिएको भन्दै त्यसबाट मुक्त गर्न दलाल संसदीय व्यवस्थाबाट निकालेर वैज्ञानिक समाजवादी शासन व्यवस्थामा ल्याउनुको विकल्प नरहेको बताए ।

Loading...