प्यूठानको बडडाँडामा भएको बस दुर्घटनामा परी ५ को घटनास्थलमै मृत्यु, २५ घाइते

प्यूठान, ३० बैशाख । प्यूठानकाे बडडाँडामा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । भालुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना भएकाे हाे । दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर बडडाँडा नजिक दुर्घटनामा परेको थियाे । बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ । बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते ५ जनालाई बुटवल २ जनालाई नेपालगञ्ज पठाइएको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले १८ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको बताएका छन । घटनास्थलमा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी बलको टोली पुगेर घाइतेहरुकाे उद्धार गरेको थियो।

मृतकको शव जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ। 

Loading...