एकाविहानै प्यूठानमा यात्रुबस दुर्घटना, ५ जनाको मृत्यु, २० घाइते

काठमाडौं, ३० बैसाख ।

एकाविहानै प्यूठानमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको बडडाँडामा भएको उक्त दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ आउदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस अाइतबार बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानकारी दिएको छ । २० जनाभन्दा बढी घाइते भएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Loading...