समर्थकका कारण मेक्सिकोले पायाे फिफाकाे कडा चेतावनी

मस्को । रुसमा जारी कन्फेडेरेसन्स कप फुटबल प्रतियोगिताका क्रममा फुटबल समर्थकहरुले जातीय विभेद झल्कने नाराबाजी लगाएको आरोपमा विश्व फुटबल महासंघ फिफाले मेक्सिकोलाई आगामी दिनमा यस्तो नगर्न चेतावनी दिएको छ ।

 

गत आईतबार पोर्चुगलसँग २–२ गोल अन्तरको बराबरी खेल्ने दौरान मेक्सिकोका समर्थकहरुले त्यस्तो नाराबाजी गरेको फिफाको आरोप छ ।

 

फुटबलमा कुनै पनि विभेद मान्य नहुने भनि फिफाले असन्तुष्टि जारी गरेको छ । जातीय विभेद र रगंभेद जस्ता कार्य रोक्न फिफाले अनुगमन गर्दै आइरहेको छ ।
यो भन्दा अघि पनि फिफाले मेक्सिको फुटबल महासघंलाई आठपटक कारबाही गरिसकेको छ ।

 

तर मेक्सिकोका प्रशिक्षक कार्लाेस ओसोरियोले भने समर्थकहरुले विभेदपूर्ण नाराबाजी नलगाएको दाबी गरेका छन् । उनले मेक्सिकन फुटबल महासंघले फिफासँग पुनः एकपटक कुरा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

Loading...