सडकमा क्यामेरा राखेर मोदीको विरोधमा उत्रिए पत्रकार, पत्रकार महासंघले समेत जनायो आपत्ती

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएपछि त्यसको व्यापक विरोध भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्टिय सभागृहमा प्रम मोदीका लागि आयोजित एक कार्यक्रममा प्रवेश पास लिएका सञ्चारकर्मीहरुलाई प्रवेश गर्न नदिइएपछि सञ्चारकर्मीहरुले आफ्ना सञ्चारसाधन सडकमा राखेर विरोध समेत प्रदर्शन गरेका छन् ।

शनिवार दिउसो राष्टिय सभागृहभित्र प्रम मोदी प्रवेश गर्दै गर्दा बाहिर सडकमा भने सञ्चारकर्मीहरु ठूलो संख्यामा जम्मा भइ लहरै आफ्ना क्यामेराहरु सडकमा राखेर प्रदर्शन गरिरहेका थिए । मोदीले विरोध प्रदर्शनको दृष्य हेर्दै हात समेत हल्लाएको क्यामेरा डाउन कार्यक्रममा सहभागी एक सञ्चारकर्मीले जानकारी दिए । मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरदेखि काठमाडौं र मुक्तिनाथसम्मकै लागि सञ्चारकर्मीहरुलाई रिपोर्टिङ गर्न पास यसअघि नै वितरण गरिएको थियो । तर, काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहको सिटी हलमा आयोजना गरिएको सम्मान कार्यक्रममा भने पास लिएका पत्रकारहरुलाई समेत बाहिर सडकको गेटमै रोकियो । सोही कारण सबै सञ्चारकर्मीहरुले क्यामेरा डाउन गरेर मोदीको विरोध गरेका हुन् ।

नेपाली पत्रकारलाई रोक भारतीय पत्रकारलाई भने खोजि खोजि भित्र लगियो

सिटी हलको कार्यक्रममा नेपाली पत्रकारहरुलाई बाहिर सडकमै रोकिए पनि भारतीय पत्रकारहरुलाई भने खोजि खोजि भित्र लगिएको थियो । त्यसैगरी अन्य केही अन्तराष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुलाई पनि सिटि हलभित्र लगिएको थियो । नेपालबाट सरकारी सञ्चारमाध्यमका वाहेक अन्य कुनै पनि मिडियालाई भित्र प्रवेश गर्न दिइएन । यसरी मिडियामै विभेद गरिएपछि पत्रकारहरु निकै आक्रोशित बनेका थिए । भारतीय मिडियाबाट पनि मोदीका समर्थक मिडियाका प्रतिनिधिहरु मात्र यो भ्रमणका क्रममा नेपाल आएको बताइएको छ । भारतमा निकै आलोचना खेपिरहेका मोदीले नेपालमा आफ्नो निकै ठूलो सम्मान भएको देखाउन र त्यसको अन्य देशहरुमा समेत प्रचार प्रसार गरेर लोकप्रियता जोगाउन चाहेको र सोही चाहना वमोजिम यो व्यवस्थापन भएको बताइन्छ ।

स्रोतका अनुसार आज सिटी हलमा काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको साँचो मोदीलाई हस्तान्तरण गर्ने कार्यक्रम समेत राखेको थियो । जुन कुराको निकै विरोध भएको थियो । महानगरपालिकाको साँचो समेत मोदीलाई बुझाउनु भनेको नेपालको स्वाभिमान गिराउनु भएको भन्दै सर्वत्र विरोध भएको र आज मिडियाले पनि त्यही कुराको बढी ध्यान दिने भएकाले प्रवेशमा रोक लगाइएको हुनसक्ने बताइएको छ । त्यसैगरी शनिवार मोदी मुक्तिनाथ जाने क्रममा पनि ठाउँ ठाउँमा सञ्चारकर्मीमाथि रोक लगाइएको थियो ।

यसअघि शुक्रबार पनि कारोबार दैनिकमा कार्यरत पत्रकार भूमिराज पिठतौलीलाई नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियोे । मोदीको सवारी हुने बेला सडक छेउमा फोटो खिच्नलाई तयारी गर्दै गर्दा प्रहरीले पत्रकार पिठतौलीलाई गिरफ्तार गरी महानगरीय प्रहरी बृत नयाँ बानेश्वर तिनकुनेमा पुर्याएको थियो । त्यसैगरी मोदीको विरोध स्वरुप बुटवलमा निकालिएको जुलुसको समाचार संकलन गर्न गएका त्रिवेणी टेलिभिजनका पत्रकार रवि पाण्डेलाई गिरफ्तार गरिएको थियो ।

पत्रकार महासंघले गर्यो विरोध

मोदीको भ्रमणका क्रममा समाचारको संकलनमा प्रेस पास समेत प्रदान गरिएका पत्रकारहरुलाई कार्यक्रममा प्रवेश गर्न नदिएको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । शनिवार एक विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले समाचार संकलनमा समेत रोक लगाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै आपत्ती जनाएका छन् । महासचिव विष्टले विज्ञप्तीमा भनेका छन्, यो घटनाले प्रेस र नागरिकको सुसूचित हुने कानुनी तथा संविधानप्रदत्त अधिकारमाथि आघात पुगेको महासंघको ठहर छ । महासंघ यो घटनाको कडा भत्र्सना गर्दछ ।

हेर्नुहाेस भिडियाे

Ptrakarharu lai sabhagriha ma chhirna nadiya pachhi camera down, Indian media lai matrai prabesh…

Posted by Prakash Chandra Timilsena on Saturday, 12 May 2018

 

पत्रकार महासंघले जनायाे यसरी अापत्ती

Loading...