बाथरुममा लडेर गम्भीर घाइते बने सभामुख, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, २९ बैसाख ।

प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । एक्कासी बाथरुममा लडेर सिकिस्त बनेको उनको अहिले मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उपचार भइरहेको छ ।

शुक्रबार दिउँसो ४ बजे बाथरुममा लडेर भर्ना भएका अधिकारीकोे टाउकोमा रगत जमेको अस्पताल स्रोतले जानकारी दिएको छ। सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पुर्याएका थिए ।

मेट्रोसिटीबाट थप उपचारका लागि हेलिकप्टोरबाट काठमाडौंको न्यूरो अस्पताल ल्याउन खोजिएको थियो । तर हेलिकोप्टरको तत्काल व्यवस्था नभएपछि सभामुख अधिकारीलाई मनिपाल पुर्याइएको हो ।

सभामुख अधिकारीलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। सभामुख अधिकारी होसमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।

Loading...