सरकारी शिक्षकलार्इ छोराछोरी निजीमा पढाउन प्रतिबन्ध

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका सन्तानले निजी विद्यालयमा पढ्न नपाउने भइएका छन् । नगरपालिकाले सामुदायिक विद्यालयमा खस्कदो शैक्षिक गुणस्तरलाई सुधार्न विद्यालयका शिक्षक तथा कर्मचारीका सन्तानलाई नीजि विद्यालयमा पढाउन रोक लगाएको हो । जसका लागि नगरपालिकाले गुणस्तरी शिक्षासम्वन्धि अभियान नै सञ्चालन गरेको छ । नगर रहेका सामुदाय विद्यालयका प्राधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरुसँग नगरपालिकाले छलफल थालेको हो ।

नगर प्रमुख सुर्यबहादुर शाहीले नगर भित्र कायरत शिक्षक र सार्वजनिक पद धारण गरेका कर्मचारीले सामुदाय विद्यालयमा आफ्नो बालबालिकालाई भर्ना गर्न आग्रह गरेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो बालबालिकालाई नीजि विद्यालयमा भर्ना गरी पठनपाठन गराउने प्रचलन गर्दा शिक्षाको गुणस्तर खस्किएकाले नगरपालिकाले अभियान थालेको हो ।

नगरपालिकाका उपप्रमुख तारा शाहीले उत्कृष्ट शिक्षकलाई नगरपालिकाले पुरस्कृत गर्ने बताईन । विद्यालयमा नियमित नपढाउने शिक्षकलाई कारवाही गरी शैक्षिक गुणस्तर बृद्धि गर्ने नगरपालिकाले योजना छ । ‘जबसम्म शिक्षालाई गुणस्तरीय बनाउन सकिदैन तबसम्म विकास पनि हुदैन’ उनले भनिन्, ‘विकासका लागि सकरात्मक सोचको खाँचो पर्छ, सकरात्मक सोचका लागि गुणस्तरीय शिक्षाको जुरुरी हुन्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद देवकोटाले प्रशासनबाट नगरपालिकाले बनाएका नीतिहरुलाई कार्यन्वयमा सहयोग पुर्‍याउनेप्रतिवद्धता जनाए । विद्यालयका प्राधानाध्यापकहरुले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुलाई सेवा सुविधा थप्नुपर्ने बताए ।

स्थानीय पाठ्यक्रम निर्माण गरी नगरपालिका भित्र सबै विद्यालयमा पठनपाठन गर्ने, नगरपालिका गुणस्तरीय शिक्षा र एकतारुपता कायम गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने, शिक्षा सम्वन्धि ऐन कानुन, नियम परिपत्र र निर्देशनहरु परिपालना गर्ने र विद्यालय क्षेत्र भित्र कुनैपनि मदिरासेवन जस्ता कार्यलाई रोक्ने प्रतिवद्धता सरोकारवालाले गरेका छन् ।

Loading...