मोदी आउन केहि घण्टा मात्रै बाँकी रहँदा ओली-प्रचण्डको गोप्य बार्ता ! के-के भयो सहमति ?

काठमाडौं, २७ बैसाख ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँन २४ घण्टा मात्रै बाँकी रहेको बेलामा एमाले अध्यक्ष तथा प्रधनमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य बार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा मोदीको स्वागतका लागि कुनै कसर बाँकी नराख्ने सहमति भएको छ । माओवादी स्रोतले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार बुधबार २ नेताहरुबीच मोदीको नेपाल भ्रमण जुनसुकै हालतमा सफल बनाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक रणनीति सबै अपनाउने सहमति भएको हो ।

मोदीलाई सिकायतको मौका दिन नहुने भन्दै २ नेताहरुबीच गम्भीर सहमति भएको स्रोतले बतायो । यद्धपि यस बिषयमा २ नेताले मुख खोलेका छैनन् ।

करिब ५ महिनासम्म अघोषित रुपमा नाकाबन्दी गरेर अमानवीयतरिकाले नेपालीलाई दुख दिएका मोदीलाई ओली-प्रचण्ड सरकारले नागरिक अभिनन्दनको नाममा आमसभाको तयारी गरेपछि त्यसको चौतर्फी बिरोध भएको छ । नागरिक अगुवाहरुले कुनैपनि हालतमा मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने बताएका छन् ।

तर पनि सरकारले भने मोदीको स्वागतका लागि घरघरमा कलश राख्न र अनिवार्य आमसभामा उपस्थित हुन् उर्दी नै जारी गरेको छ । सरकारको यस्तो अस्वाभाविक मोदी आकर्षणलाई नेपाली जनताले ‘लम्पसारवाद’को संज्ञा दिएका छन् ।

नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिंहदरबार प्रवेश नगर्ने भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच तारे होटलमा भेटवार्ता हुनेछ, जसलाई परराष्ट्र मामिलाका जानकारहरुले ‘लाजमर्दो’ भनेका छन् ।

भोली २८ गते टनाबाट जनकपुर अवतरण गर्ने मोदी दिउँसो काठमाडौं आउनेछन् । मोदी चुच्चेपाटीस्थित हायात होटलमा बस्नेछन् । राजनीतिक भेटवार्ताहरु भने द्वारिकाज होटलमा हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि भारतीय समकक्षीलाई भेट्न द्वारिकाज नै जानेछन् । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सोही होटलमा तय गरिएको छ ।

मोदीलाई सिंहदरबारको साटो होटलमा भेट्नुको कारण के हो ? यो प्रश्नमा सरकारी अधिकारीहरु सिंहदरबारमा ठाउँ अभाव हुने बताउँछन् । एक मन्त्रीका अनुसार भूकम्पले सिंहदरबारको मूल भवन क्षतिग्रस्त छ । मोदी पनि धेरै नै व्यस्त छन् । र, बाटोघाटो पनि खाल्डाखुल्डी छन । ओली ति खाल्डाखुल्डी मोदीलाई देखाउन चाहदैनन् ।

यतिबेला अधिकाँश नेपालीहरुले ०७२ सालको नाकाबन्दी सम्झिरहेका छन् र मन अमिलो बनाइरहेका छन् ।

मोदीको त्यहि नाकाबन्दीको सम्झना गर्दै उनी नेपाल आउन केहि समय मात्रै बाँकी रहेका बेला सामाजिक संजाल ट्वीटर, फेसबुकमा उनको कडा शब्दमा नेपालीहरुले बिरोध गरेका छन् ।

बुधबार मात्रै पनि मोदीको नेपाल भ्रमणलाई लिएर ट्विटर ट्रेडिङमा ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ #BlockadeWasCrimeMrModi पहिलो नम्बरमा पुग्यो।

भारतले ५ महिना लामो समयसम्म नाकाबन्दी लगाएको स्मरण गर्दै नेपालीले ट्विटमा ह्‍यासट्‍याग गरेर #BlockadeWasCrimeMrModi पोस्ट गर्न थालेपछि यो ट्‍याग नम्बर एकमा आएको हो।

 काठमाडौंमा ज्ञवालीको स्वागत

भारतीय प्रधानमन्त्री मोदी २८ गते विहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यहाँ उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् ।

मोदी र प्रधानमन्त्री ओलीले जानकी मन्दिरमा छ मिनेट पूजाआजा पूजा गर्नेछन् । लगतै जनकपुरलाई रामायण सर्किट अन्तगर्त जनकपुर अयोध्या बस सेवाको उद्घाटन गर्नेछन् ।

लगतै ओेली काठमाडौं आउनेछन् भने मोदीको झण्डै एक घन्टा नागरिक अभिनन्दन हुनेछ । बाह्रविघामा हुने नागरिक अभिनन्दन नामक आमसभामा उनले सम्बोधन गर्नेछन् ।

भारतीय मोदी दिउँसो काठमाडौं आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने कार्यक्रम छ । लगतै सैनिक मञ्चमा गार्ड अफ अनर दिइनेछ ।

मोदीको पहिलो भेट उपराष्ट्रपतिसँग हुनेछ । लगतै राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । लगतै हायात होटल गएर खाना खानेछन् ।

खानापछि मोदी होटल द्वारिकाजमा जानेछन्, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको भेटवार्ता हुनेछ । साँझ मोदीको सम्मानमा प्रधानमन्त्री ओलीले रात्रीभोजको आयोजना गर्नेछन् ।

मोदी २९ गते विहानै मुत्तिनाथ मन्दिरतर्फ प्रस्थान गर्नेछन् । मुक्तिनाथबाट फर्किएपछि राजनीतिक दलका नेताहरुलाई भेट्नेछन् र अपराहृन ४ बजे भारत फर्कनेछन् ।

Loading...