कुटाकुट हुने पक्का देखिएपछि विपी सङ्ग्राहलयमा नेविसं‌घको कार्यक्रम रोकियो

काठमाडौं । नेपाल विद्यार्थी संघको आयोजनामा गर्न लागिएको स्ववियू अध्यक्ष तथा पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । नेविसंघका दुई पक्षबीच झडपको स्थिति भएपछि कार्यक्रम स्थगित भएको हो I बुधवार विपी संग्राहलय सुन्दरीजलमा आयोजना गर्न लागिएको स्ववियू अध्यक्ष तथा पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रम विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएको तीनजना महामन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ I

बुधवार तीनजना महामन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा ‘ नेपाल विद्यार्थी संघको विधान वमोजिम १२ औँ महाधिवेशन सहित प्रशिक्षण तथा संगठन विस्तारको विशेष अधियानमा केन्द्रिय समितिको बैठकबाट यथाशिघ्र गरिने व्यवहोरा जानकारी गराउदछौ । यसवाट संगठनमा देखापरेका वेमेलहरु समाधानको वाटोमा जाने विश्वास गर्दछौ । ‘ उल्लेख गरिएको छ ।

नेविसंघले प्रशिक्षण कार्यक्रमको स्थगनबाट कार्यक्रममा सहभागी हुन आएका प्रतिनिधि साथै कार्यक्रमको व्वस्थापन सहयोग गर्ने विपी संग्राहलय, स्थानीय पार्टी प्रवक्ता र शुभेच्छुकहरमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।

यस‍्ताे छ नेविसंघकाे सूचना

Loading...