बार्साकाे फराकिलाे जित निकाल्दा रियल म्याड्रिड पराजित

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलाेनाले फराकिलाे जित हात पारेकाे छ । वार्साले फराकिलाे जित हात पारिरहँदा अर्काे प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड भने पराजित भएकाे छ । 

गए राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको हाे। बार्सिलोनाका लागि फिलिप कोउटिन्हो, पाउलिन्हो, लियोनल मेस्सीले एक एक तथा अोस्माने डेम्बेलेले दुर्इ गोल गरे। लिगका ३६ खेलमा अपराजित बार्सिलोनाले ९० अंक जोडेको छ।

उता रियल म्याड्रिड भने सेभियासँग पराजित भएको छ । रियल म्याड्रिड सेभियासँग ३-२ ले पराजित भएको हो। सेभियाका लागि विराम बेन येड्डर, मिगुएल लायुनले एक एक गोल गरे भने सर्जियो रामोसले एक गोल अात्मघाती उपहार दिए।

रियलका लागि रोमाससँगै बोर्जा मार्यराले एक एक गोल गरेका थिए। रोमासले नै ५८अौं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा रियल पराजित हुनुपर्यो। रियल ३६ खेलमा ७२ अंक जोड्दै ७५ अंकसाथ दोस्रो स्थानमा रहेको एट्लेटिकोभन्दा ३ अंक पछाडि छ।

 

Loading...