डुअल क्यामरा जडित सामसुङ जे सेभेन बजारमा

मोबाइलमा डुअल क्यामरा राख्ने दौडमा सामसुङको मिड रेन्ज फोन जे सेभेन पनि मिसिएको छ । विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री हुने कम्पनीको रुपमा निरस्तर स्थान बनाउँदै आएको सामसुङले जे सिरिजमा डुअल क्यामराको सुरुवात जे सेभेनको नयाँ मोडेल जे सेभन डिओबाट गरेको हो ।

उपभोक्ताको आकर्षण बढाउन पछिल्ला दिनमा मोबाइल कम्पनीहरुले मिडरेन्जदेखि फ्ल्यागशीप मोेडेलमा डुअल क्यामराको मोडेल बाहिर ल्याउन थालेका छन् । नेपालमा हरेक तीन सामसङको स्मार्टफोन बिक्रीमा एउटा जे सेभन बिक्री हुने गरेको सामसुङ नेपालले जनाएको छ ।

फोनको नयाँ सिरिजमा १३ मेगापिक्सेल र ५ मेगापिक्सेलका दुईवटा रियर क्यामेरा छन् भने फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको छ । एफ-१.९ को अपरचर दुबै क्यामरामा उपलब्ध छ ।

फोनमा एलइडी फ्ल्यास छ भने लो लाइट फोटोग्राफीमा पनि फोन उत्कृष्ट रहेको कम्पनीको दाबी छ । “ग्यालेक्सी जे सेभेन मोबाइल फोन जे सिरिज अन्तर्गत नयाँ आविष्कार हो ।

यसमा भएको डुअल क्यामराले जुनसुकै बेला उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिने भएकाले नेपाली ग्राहकहरुको मनमनमा बस्नेछ,” सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले भने, “यो स्मार्टफोनमा सहज रुपमा आवद्ध हुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ र यसले आगामी दिनहरुमा आफ्नो पकड सहजै जमाउने विश्वास छ ।” २८ हजार ९९० रुपैयाँ मूल्य तोकिएको यो फोन नेपालका रिटेल पसलहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

फ्रन्ट क्यामराबाट पोट्रेट मोडमा सेल्फी खिच्न पाइने सुविध पनि फोनमा छ । यसमा ब्युटी मोड र फेस अनलक सुविधा पनि फोनमा छ । जे सेभेन डुअलका अन्य विशेषताहरुमा अक्टाकोर प्रोसेसर, ४ जीबी ¥याम, ३२ जीवी स्टोरेज, ५.५ इन्जको एच डि सुपर डिस्प्ले, ३००० एम ए एच व्याट्रि र एन्ड्रोइडको पछिल्ला अपरेटिङ सिस्टम ओरियोमा चल्नुलगाएत रहेका छन् ।

Loading...