२२ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं, २६ बैसाख ।

नेपाल प्रहरीका २२ प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) एसएसपीमा बढुवा भएका छन्। मंगलबार गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो।

एसपी राजेन्द्र ढकाल पहिलो नम्बरमा बढुवा भएका छन् । दोस्रोमा सहकुलबहादुर थापा, तेस्रोमा अरुणकुमार बिसी बढुवा भएको सूचनामा उल्लेख छ । बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको डिआइजीमा बढुवा गरेको थियो ।

एसपीबाट एसएसपीमा बढुवा हुनेमा प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, शरदकुमार खत्री, हरिराज वाग्ले, दिलिपबहादुर बस्नेत, पूजा सिंह, बिभुतिराज पाण्डे, बिक्रमबहादुर चन्द, भोजजंग शाह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेनद्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ रहेका छन् ।

Loading...