अध्यक्षसहित ११ नेताहरु गिरफ्तार परेपछि महासचिव दाहालले ओली सरकारलाई दिए कडा चेतावनी

काठमाडौं, २५ बैसाख ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष र सचिवसहित ११ नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन गरिरहेको बेला प्रहरीले नाङ्गो हस्तक्षेप गरी ११ नेताहरुलाई गिरफ्तार गरेको हो ।

प्रहरीले केन्द्रीय अध्यक्ष अमर झाँक्री, केन्द्रीय सचिव देव परियार,केन्द्रीय सदस्यहरू शिशिर थापा, एलवी बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भीम अधिकारी, केशवबहाुर बुढा, विनोद श्रीपाइली, शिव परियार र नितु शाहलाई प्रहरीले शैलीमा गिरफ्तार गरेको महासंघका महासचिव गोकुल दाहालले इमान्दार मिडियालाई बताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको वैशाख १८–२० सम्म पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले लिइएका महत्वपूर्ण निर्णयहरू सम्प्रेषण गर्न उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलन कक्षबाट मजुदर नेताहरूलाई अपहरण शैलीमा गिरफ्तार गरिएको भन्दै महासचिव दाहालले मंगलबार नै एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।

‘शान्तिपूर्ण भेला, सम्मेलन, संगठन गर्न पाउने तथा राजनीतिक विचार स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै हैवा पिट्नेहरू आफैँले जारी गरेको संविधान व्यवस्था भए पनि वर्तमान सामाजिक दलाल सरकारले उक्त संवैधानिक व्यवस्थाको धज्जी उडाउँदै गरेको गिरफ्तारी
एवं हिरासत राख्ने कार्यको हाम्रो संगठन घोर भत्र्सना गर्दछ ।’ महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘गिरफ्तार गरिएका केन्द्रीय अध्यक्ष कमरेड अमर झाँक्रीलगायत सबै कमरेडहरूलाई बिनासर्त र यथाशीघ्र रिहा गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।’

उनले श्रमजीवी मजदुरवर्गको हक, हित र अधिकारको पक्षमा संघर्षरत आफ्नो संगठनसँग ओली सरकार भयभीत भएको बताएका छन् ।

विज्ञप्ति भनिएको छ-‘श्रमजीवी मजदुरवर्गको हक, हित र अधिकारको पक्षमा संघर्षरत हाम्रो गौरवशाली संगठनको राजनीतिक एवं पेसागत अधिकार प्राप्तिका आवाजहरूबाट वर्तमान सामाजिक दलाल सरकार तथा दलाल सत्ता भयभीत भई मजदुर नेताहरूलाई धरपकड तथा गिरफ्तारी गर्ने कार्य तुरुन्त नरोके तथा गिरफ्तार कमरेडहरूलाइ तुरुन्त रिहा नगरे हाम्रो संगठन सशक्त संघर्ष गर्न बाध्य हुनेछ ।’

महासचिव दाहालले आफ्ना नेताहरुलाई रिहा नगेर प्रतिरोधी संघर्षबाट आउने परिणामको जिम्मेवारी स्वयं ओली सरकार हुने चेतावनी दिएका छन् ।

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति नजिकिएसँगै केपी ओली सरकार फासिस्ट बन्दै गएको छ । निसस्त्ररुपमा आफ्नो पार्टी सङ्गठनको काममा हिडिरहेका नेकपाका नेता-कार्यकर्ताहरुमाथि ओली सरकारले व्यापक धरपकड गरिरहेको छ ।

हेर्नुहोस् विज्ञप्ति

Loading...