पूर्वप्रधानमन्त्री बालुवाटारमा भेला हुँदै

काठमाडौं, २५ बैसाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको हो ।

मंगलबार विहान १० बजेबाट पुर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल सुरु गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा पेश हुनेछ ।

संसद् सचिवालयका अनुसार जेठ १५ गते अर्थमन्त्रीले राजस्व र आयव्ययको अनुमान संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिनअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ । अस्ति आइतबारदेखि बजेट अधिवेशन सुरु भैसकेको छ ।

संसद सचिवालयले असार १५ सम्ममा बजेट पास गरिसक्ने क्यालेन्डर बनाइसकेको छ । नीति तथा कार्यक्रम संसद्ले पारित गरेपछि संसद्मा बजेट प्रस्तुत हुन्छ ।

Loading...