सुनको मूल्यफेरी बढ्यो, आज तोलाको कति ?

काठमाडौं, २४ बैसाख ।

सोमबार सुनको मूल्य प्रतितोला ५९ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले महँगो भई ५९ हजार कायम भएको हो।

विगत चार दिनमा सुनको मूल्य ७ सय रुपैयाँले महँगिएको छ। यसअघि गत बिहीबार ५८ हजार ३ सय कायम भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा ७६५ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढी हो।

Loading...