आइपीएल: हैदराबाद शीर्ष स्थानमा, दिल्लीको प्लेअफ सम्भावना ‘लगभग’ सकियो

काठमाडौं, २३ बैसाख ।

दिल्ली डेयरडेभिल्सको इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ।

शनिबार सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएसँगै दिल्ली प्लेअफमा पुग्ने गणितीय सम्भावना मात्र कायम भएको हो। दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदराबादले अन्तिम बल बाँकी छँदा प्राप्त गर्‍यो।

ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाए। उनीहरूले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे। हेल्सले ४५ रन जोडे भने धवनले ३३ रन बनाए। ।

त्यसपछि कप्तान केन विलियमसन र मनिष पान्डेले टोलीलाई जिततर्फ डोर्‍याए । विलियमसनले नटआउट ३२ तथा मनिषले २१ रन जोडे। तेस्रो विकेटका लागि यी दुईले ४६ रनको साझेदारी गरेका थिए।

युसुफ पठानले नटआउट २७ रन जोडेपछि हैदराबादको जित पक्का भएको थियो। दिल्लीका लागि अमित मिश्राले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो। उसका लागि पृथ्वी सअले ६५ रन बनाए। ३६ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान श्रेयस ऐयरले ४२ तथा विजय शंकरले २३ रन जोडेका थिए।

ऋषभ पन्त शनिबार १४ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल २ ततानमन ओझा १ रनमा पेभेलियन फर्किए। हैदरावादका राशीद खानले २ तथा सिद्धार्थ कलले १ विकेट हात लिएका थिए।

लिगको १० खेलमा ३ जित दर्ता गर्दै समूहको सातौ स्थानमा छ। उसलाई अब दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ‌। यता एक खेल कम खेलेको सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ। ९ खेलबाट १४ अंक भएको हैदारावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आज पनि दुई खेल हुनेछन्। पहिलो खेलमा मुम्बई इन्डियन्सले कलकत्ता नाइट राइडर्सको सामना गर्नेछ भने दोस्रो खेल किङ्स एलाभेन पञ्जाव र राजस्थान रोयल्सबीच हुनेछ।

Loading...