कालिका कन्स्ट्रक्सन र भारतीयले चलाएको क्रिश्चियन स्कुलमा बम बिस्फोट

काठमाडौं, २२ बैसाख ।

कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै अागजनी भएको छ ।

बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा शुक्रबार राति १२ बजेतिर विस्फोट हुनुको साथै अाजगनी भएको बताइएको छ । विस्फोटको अावाजसँगै कार्यालयमा अागो लागेको स्थानीयले बताएका छन् ।

बिस्फोटक कारण कम्पनीको कार्यालय , अलकत्रा मिक्स्चर मेसिन , जेनेरेटर र डाेजरहरु जलेर ध्वस्त भएको स्थानीयले बताएका छन् । त्यस्तै बाँकेमै भारतीयहरुले चलाएको क्रिश्चियन स्कुलमा समेत बम बिस्फोट भएको छ ।

कमिसन कुवाएर अनाधिकृतरुपमा खोलिएको जीवनज्वती बाेडिङ स्कुमा बम बिस्फोट भएको स्थानीयले बताएका छन्। उक्त स्कुलले पैसाको लोभ देखाएर नेपालीहरुलाई धर्म परिवर्तन गराउदै आएको उनीहरुको आरोप छ । बम विस्फोटबाट स्कुलको पर्खालमा क्षति पुगेको बताईएको छ ।

बम बिस्फोट कसले र किन गरायो भन्ने बारेमा केहि खुल्न नसकेपनि प्रहरीले नेकपामाथि आशंका व्यक्त गरेको छ । 

Loading...