तुलसीपुर अाउँदै गरेको रात्री बसमा बम प्रहार, ज्यामिरेमा भारतीय कार तोडफोड !

दाङ, २२ बैसाख ।

नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दले जिल्लाका बजार, यातायात, कलकारखाना, शिक्षण संस्था प्रभावित भएका छन् । तुलसीपुर र घोराही बजारमा फाट्टफुट्ट मात्रै केही निजी सवार सधानहरु गुडेका छन् ।

यसैबीच काठमाडौंबाट दाङको तुलसीपुर अाउँदै गरेको यात्रुबाहक बसमा बम प्रहार भएको छ । मालिका कालिका यातायात प्रा.लि.को ना ६ ख ३९७० नम्वरको बसमा पेट्रोल बम प्रहार भएको छ । प्रा.लि.का अध्यक्ष सुमन पोख्रेलका अनुसार ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने स्थानमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् ।

बम प्रहारबाट गाडीमा आगो सल्किदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको बताइएको छ । बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको ज्यामिरेमा २ भारतीय नम्बरका कार तोडफोड गरिएका छन् । तोडफोडबाट दुवै कार काम नलाग्ने गरी ध्वस्त भएका छन । बन्दको अवज्ञा गरेको भन्दै डोटीको फल्टुरेमा मिनि टाटाको गाडिमा आगजनी गरिएको छ ।

उता बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको भ्रष्ट कालिका निर्माण कम्पनीमाथि शुक्रबार राति बम बिस्फोट भएको छ । स्थानीयका अनुसार रातिको १२ बजेपछि ठुलाे अावाजसहित बिस्फोट भएको थियाे । बिस्फोट र अागजनिबाट कम्पनीको कार्यालय , अलकत्रा मिक्स्चर मेसिन , जेनेरेटर र डाेजरहरु जलेर ध्वस्त भएको सामाचार छ ।

बन्दको देशभर ठाउँ-ठाउँमा बम बिस्फोट भएका छन् भने कयौं ठाउँमा बमहरु भेटिएका छन् ।

Loading...