कांग्रेस पदाधिकारी मनोनयन : उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सह–महामन्त्रीमा महत

काठमाडौं, २२ बैसाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका हुन् ।

शुत्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी मनोनयनलाई बहुमतले अनुमोदन गरेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावलाई अनुमोदन गर्नु पर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।

बैठकमा उपस्थित पौडेलपक्षधर केन्द्रीय प्रकाशमान सिंह र महेश आचार्यले विधान विपरित भएको भन्दै पदाधिकारी मनोनयन असहमति जनाएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल भने बैठकमा उपस्थित भएनन् । अन्नपूर्ण पोस्टमा खबर छ

Loading...