भारतीय क्रिकेट बाेर्डलार्इ ४० करोड ५० लाख डलर प्रदान

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई अन्तराष्ट्रिय क्रिकेट परिषदले ४० करोड ५० लाख डलर रकम राजस्व बाँटफाट स्वरुप प्रदान गर्ने भएको छ ।
हरेक साल लन्डनमा हुने आईसीसीको सम्मेलनका क«ममा उक्त सहमति भएको हो ।

 

आईसीसीले सुरुमा बीसीसीआईको लागी २९ करोड ३० लाख डलर दिन राजी भए पनि अध्यक्ष शंशाक मनोहरसँगको लामो कुराकानी पश्चात दस करोड डलर बढाउने सहमति भएको हो ।

 

आईसीसीले पहिले भन्दा ११ करोड २० लाख डलर धेरै बीसीसीआईको लागी दिन लागेको हो ।

 

अस्ट्रेलिया, पाकिस्तान, वेस्टइन्डिज, न्युजिल्याण्ड, श्रीलंका र बगंलादेशमध्ये हरेक देशलाई १२ करोड ८० लाख डलर दिईने भए पनि जिम्बावेलाई ९ करोड ४० लाख डलर दिइने छ ।

राजस्व बाँटफाट स्वरुप दिईने रकमको विषय बीसीसीआईको लागी विवादको विषय रह्यो किनभने बीसीसीआईद्वारा ५७ करोड डलरको माग गरिएको थियो जुन अध्यक्ष मनोहर लाई मञ्जुर थिएन ।

Loading...