आईपीएल : चेन्नेईलाई हराउँदै कोलकाता तेस्रो स्थानमा

काठमाडौं, २१ बैसाख ।

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्स चेन्नेई सुपर किङ्सलाई ६ विकेटले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७७ रन बनायो । उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन बनाउदा सेन वाटसनले ३६ तथा सुरेश रैनाले ३१ रन बनाए । यस्तै, फाफ डुप्लिसिसले २७ र अम्बाती राइडुले २१ रनको योगदान गरे । बलिङतर्फ पिउस चाउला र सुनिल नारेनले दुई–दुई विकेट लिए ।

जवाफमा सुरुवात राम्रो गर्न नसकेको कोलकाताले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
१२ रनमा पहिलो विकेट गुमाएको कोलकाताले ४० रन हुदा दुई विकेट खेर फालेको थियो । तर उसका जिमा शुंभम गिलले ५७ तथा कप्तान दिनेश कार्तीले ४५ रन बनाए ।

यस्तै, सुनिल नारेनले ३२ र रिंकु सिंहले १६ रनको योगदान गरे । जितपछि कोलाकाताले नौ खेलबाट १० अंक बनाएको छ भने यसअघि शीर्ष स्थानमा रहेको चेन्नेई रन रेटका आधारमा हैदरवादभन्दा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।

Loading...