च्याम्पियन्स लिगः लिभरपुल फाइनलमा

काठमाडौं, २० बैसाख । लिभरपुल इङ्गलिस प्रिमियर लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो लेगमा रोमासँग ४-२ गोल अन्तरले हारे पनि समग्रमा ७-६ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो ।

पहिलो लेगमा लिभरपुल ५-२ ले विजयी भएको थियो । अब उपाधिका लागि लिभरपुल र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । रियल यसअघि नै वायर्न म्युनिखलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

बुधबार रातिको खेलमा लिभरपुललाई हराउन रोमाका राड्जाले दुई तथा इडेन डिजेकोले एक गोल गरे । अर्को एक गोल भने लिभरपुलका जेम्स मिल्नरको आत्मघाती गोलबाट रोमाले उपहार पायो । लिभरपुलका लागि साडिओ माने र जर्जिनियोले एक-एक गोल गरे ।

Loading...