सम्पदा पुननिर्माणमा जनताको साथमा काठमाडौँ महानगर

       

  बैशाख १६ / काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समुदायेले आफै सम्पदा संरक्षण पुनर्निर्माणमा चासो लिनुपर्ने बताउनु भएको छ । भौतिक पूर्वाधार संगै आर्थिक समृध्दीमा समुदाएको अग्रसरता हुनेगरी छलफल गर्न सक्यौ भनेमात्र दिगो बिकाश हुने भन्दै भौतिक पूर्वाधार ,सम्पदा पुनर्निर्माण सदैव महानगर सहयोगी भूमिकामा तत्पर रहने बताउनु भयो ।
विष्णुमति खोला संगै रहेको वडा नं १९ मा रहेको कन्केश्वरी (कंगः द्यः) देवीको यट्खावाहाल वडा नं. २४ मा रहेको ( द्यःछेँ ) देवता घर पुननिर्माण पुरा भएको अवसरमा भएको कार्येक्रममा प्रमुख अतिथि शाक्यले सम्पदाको संरक्षणका लागि समझ नै जागरुक हुनुपर्ने भन्दै सरकारले गर्ला भनेर चुपलाग्न नहुने विचार राख्नु भयो ।
५५ लाखया टेण्डरबाट पुननिर्माण भएको उक्त ( द्यःछेँ ) देवता घर निर्मण भएको निर्माण समितिका संयोजक न्हुछेकाजी महर्जनले बताउनु भयो ।

Loading...