ओली-प्रचण्डबीच ३ घण्टा लामो ‘वान टु वान’ बार्ता, के-के भयो ठोस सहमति ?

काठमाडौँ, १५ बैशाख ।

एकताका लागि सहमति जुटाउन हम्मेहम्मे परेका बेला एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः ‘वान टु वान’ वार्ता भएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा पार्टी एकताकै विषयमा छलफल भएको माओवादी स्रोतले जनाएको छ । २ पार्टीबीच तिक्तता बढेकाबेला २ नेताहरुबीच झण्डै तीन घण्टा लामो छलफल भएको बताईएको छ । यद्धपि बार्तामा कुनै ठोस निष्कर्ष भने निस्किन सकेको छैन ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसमा २ पार्टीबीच ब्यानरको बिषयलाई लिएर ठुलो तनाब भएको थियो । त्यसयता २ नेताहरुबीच गोप्य छलफल हुन सकेको थिएन ।

एमाले–माओवादीबीचको एकताबारे बिभिन्न शंकाहरु उब्जिएको अवस्थामा दुई अध्यक्षबीच भेट भएको हो । एकता संयोजन समितिले नमिलेका विषय मिलाउन र पार्टी एकताको मिति तोक्न दुई अध्यक्षलाई जिम्मा दिएको थियो । त्यसयता नियमितजसो वान टु वान छलफलमा बस्ने गरको ओली–प्रचण्डले खास निचोड भने निकाल्न सकेका छैनन् ।

केन्द्रीय र स्थायी समिति तथा पोलिटव्युरोको संख्या, चुनाव चिन्ह लगायतका विषयमा कुरा नमिल्दा एकता लम्बिएको छ । पछिल्लो समय माओवादीले फिप्टी फिप्टीको दाबी गरेको छ । तर, एमाले यसमा सहमत भएको छैन ।

यसअघि बैशाख ९ मा हुने भनेको एकता टरेको थियो । प्रचण्डले केही दिन अघि शुक्रबार अर्थात हिजो एकताको नयाँ मिति तोकिने बताएपनि त्यसो हुन सकेको छैन् । दुई अध्यक्षबीच आउँदो २२ गते एकता गर्ने विषयमा कुराकानी भएपनि ठोस परिणाम भने आएको छैन ।

Loading...