धनगढी बिमानस्थलमा सौर्य एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

कैलाली, १५ बैसाख ।

कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान सामान्य दुर्घटना भएको छ, यद्धपि बिमान ठुलो दुर्घटना हुन बाट जोगिएको छ ।

शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरासँग ठोक्किए पनि तनाव भएको थियो । उक्त बिमानमा चरा ठोकिएपछि बिमान उडान भर्न सक्ने अवस्थामा छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेका अनुसार चरासँग ठोकिएको विमानलाई बिमानस्थलमा पार्किङ स्थलमा राखिएको छ । काठमाडौंबाट ईन्जिनियरको टोली बोलाएको र परिक्षणपछि मात्रै उडान सुरु हुने बताईएको छ । य

ससघि गत फागुन २८ गते मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअर बंगलाको बिमान दुर्घटनाग्रस्त हुँदा ५३ जनाको मृत्यु भएको थियो भने यहि बैसाख ६ गते मालिन्डो एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको थियो ।

काठमाडौँबाट मलेसियाको क्वाललम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । जसकारण अन्तर्राष्ट्रिय बिमानस्थल १४ घण्टा अवरुद्ध बएको थियो ।

Loading...