कक्षा १२ को परीक्षा सुरु, चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी

काठमाडौं ।

आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी भएका छन् ।

काठमाडौं, बैशाख १४ । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी भएका छन् ।

देशभरका तीन हजार ९ सय १२ विद्यालयका दुई लाख आठ हजार २ सय ७६ छात्र र दुई लाख छ हजार ९ सय ७५ छात्रा सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेड वृद्धि एवं आंशिकतर्फको परीक्षाका लागि देशभरका एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जसमध्ये सबैभन्दा बढी काठमाडौंमा ११४ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र छन् । परीक्षा आगामी २७ गतेसम्म चल्नेछ ।त्यस लगतै कक्षा ११ को परीक्षा वैशाख ३० गतेदेखि जेठ २९ गतेसम्म संचालन हुनेछ ।

कक्षा ११ मा भने दुई लाख ६३ हजार १ सय ६८ छात्र र दुई लाख ८७ हजार ७ सय ९१ छात्रा गरी पाँच लाख ५० हजार ९ सय ५८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।

२०७५ बैसाख १४ मा प्रकाशित

Loading...