“अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा” : महानिरीक्षक खनाल

 

१३ बैशाख

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् ।

अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिएको बताएका हुन् ।

खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरे ।

उनले भने,“प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन । संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनु पर्छ ।” उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उनले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

प्रहरीको दरबन्दी कम रहेको भन्दै मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए ।

उनले अनुभूति गर्ने गरी काम शुरु गरिसकेको संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरे अनुसार काम अगाडि बढाइने बताए ।

Loading...