छुरा हानेर मलेसियामा एक नेपालीको हत्या

काठमाडौं ।

रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले ज्यान गुमाएका छन् ।  उनलाई नचिनेका मान्छेको समुहले छुरा हानेर हत्या गरेको हो ।

क्वालालाम्पुरमा सुरक्षा गार्डका रुपमा कार्यरत झापा कन्काई नगरपालिका ६ चम्पापुरका मोहनकुमार राजबंशीलाई सोमबार राती नचिनेका मान्छेको समुहले छुरा प्रहार गरेका थिए । हत्याको कारण भने खुल्न सकेको छैन ।

२०७५ बैसाख १२ मा प्रकाशित ।

Loading...