नेपालकै पहिलो सांगीतिक महाविद्ध्यालय कलानिधि इन्दिरा ५५ बार्षिक उत्सव मनाउदै

  

 बैशाख ११ ,ललितपुर / नेपालकै पहिलो सांगीतिक महाबिध्ध्यालय कलानिधि इन्दिरा सांगीतिक महाबिध्धयालयले ५५ नौ बार्षिक उत्सव एवं सांगीतिक कार्येक्रम तथा सम्मान समारोह – २०७५ गर्ने भएको छ । बि स २०२० सालमा स्थापित यो संस्थाले नेपली साङ्गीतिक जगतका श्रष्टा देखि संगीत अनुरागीहरु बीच येही बैशाख १४ गते राष्ट्रिय नाचघर जमलमा हुने तय गरिएको आयोजकले मंगलबार एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
गीतकार कलिप्रशाद रिजाल ,अभिनेत्री शुभद्रा अधिकारी ,संगीतकार टिका भण्डारी , शास्त्रीय गाएक धनबहादुर गोपाली , गाएक आनन्द कार्की ,लोकगायिका हरिदेवी कोइराला , गाएक तथा संगीतकार देवीभक्त श्रेष्ठ लगाएत अन्य संघ संस्थाहरु नगदसहित सम्मान गर्ने भएको छ ।
साङ्गितिक कार्येक्रममा –
१] शास्त्रीय गायन
२] कत्थक नृत्य
३] आर्केष्टा [ बन्दाबादन ] का साथै सुगम संगीत ,आधुनिक नृत्य ,आधुनिक गीत ,लोक नृत्य धिमे बाजा समुह ,भजन आदि मुख्य आकर्षण रहने कार्येक्रमका संयोजक तथा महाबिध्यालयका सचिव रामचन्द्र अन्जानले बताउनु भएको छ । 

Loading...