पञ्जावसँग दिल्ली ४ रनले पराजित

काठमाडौँ, ११ बैसाख ।

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स पञ्जावसँग दिल्ली ४ रनले पराजित भएको छ ।

गएराति भएको खेलमा दिल्लीलाई किङ्स ईलेभेन पञ्जावले ४ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पाहुना टोली पञ्जावले १४३ रन मात्रै बनायो । उसका लागि करुण नायरले ३४ रन तथा डेभिड मिलरले ३६ रन जोडे ।

जवाफमा १४४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्रै बनायो । दिल्लीका ग्लेन म्याक्सवेलले ५७ रन जोडे पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् ।

हारपछि दिल्ली डेयरडेभिल्स आईपिएल अंक तालिकाको पुछारमै छ । ६ खेलबाट उसको २ अंक मात्रै छ । विजयी टोली पञ्जाव भने ६ खेलबाट १० अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

आइपीएल क्रिकेटमा आज राति मुम्बई इन्डियन्स र सनराईजर्स हैदरावाद भिड्ने छन् ।

Loading...