भ्रष्टाचारमा लिप्त डोटीका जनप्रतिनिधिलाई नेकपाले हुलाकबाट पठायो यस्तो पत्र !

डोटी, ९ बैसाख ।

नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्ले डोटीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा दिन पत्र पठाएको छ । सेती-महाकाली स्वयत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद् डोटीका प्रमुख अर्जुनले हस्ताक्षर गरेको पत्र जिल्लाका ९ ओटै स्थानीय जनप्रतिनिधिहरुलाई राजिनामा गर्न पत्र पठाएको हो ।

जिल्लाका बोगटान गाउँपालिका बाहेक अन्य सबैमा हुलाकबाट पत्र पठाइएको प्रमुख अर्जुनले जानकारी दिए । जनप्रतिनिधिहरु जनताको सेवा गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको जनपरिषद्ले पत्रमा उल्लेख गरेको छ । जनप्रतिनिधिहरुले दलाल व्यवस्थालाई सहयोग गरेको भन्दै तत्काल राजिनामा गर्न अपील गरेको छ ।

केअाइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको नाममा हुलाकबाट पठाएको पत्र कार्यालयमा पुगेको एक कर्मचारीले बताए । हुलाकबाट पठाएको पत्र खोलेर हेर्दा राजिनामा मागिएको भएपछि खैलाबैला मच्चिएको थियो । जिल्लाका सबै स्थानीय तहमा हुलाकी अाएपनि अातंक सिर्जना भएको छ ।

जनपरिषद्ले राजिनामा नगरे हुने कारवाहीको भागिदार बन्‍नु पर्ने चेतावनी समेत दिएको छ ।

Loading...