मुलुक समृद्धिको बाधक राजनीति : डा: केसी

मुलुक समृद्ध बन्न नदिने बाधक तत्व राजनीति नै भएको निष्कर्ष एक कार्यक्रमका सहभागी राजनीतिक विश्लेषकको रहेको छ ।

पत्रकार महासंघ जापान शाखाद्वारा शुक्रबार टोकियोमा आयोजित एक अन्तर्कृया कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक प्राध्यापक डा : सुरेन्द्र केसीले यस्तो धारणा राखेका हुन ।

नेपालको राजनीति अहिले बिकल्प बिहिनताको अवस्थामा रहेको उल्लेख गर्दै उनले देशमा पुर्वाधार र अपार संभावनाहरु भएर पनि राजनीतिक नेतृत्वको असक्षमताका कारण सबै ओझेलमा परिरहेको बताए ।

आर्थिक र सामाजिक नीति बलियो नभए राष्ट्र समृद्ध हुन नसक्ने जिकिर गर्दै मुलुक समृद्धीको नाममा नेतृत्वतह बाट खेलबाड भईरहेको आरोप लगाए ।

८२ हजार मेगावाट बिजुली निकाल्ने क्षमता रहेको देशमा २ हजार पनि बिजुली नहुनु दुर्भाग्य भएको बताउदै राष्ट्रको आर्थिक नीति बलियो हुनुपर्नेमा जोडदिए ।

पत्रकारहरुले सोधेको बामएकताको प्रसंगको जिज्ञासामा बिश्लेशक केसीले बामएकता वाहय कारण नभइ मुलुकलाई स्थिरता तर्फ लिनका लागि गरिएको आन्तरिक कारण भएको टिप्पणी गरे ।

दिनहु बिदेशिरहेका युवाहरु स्वदेश फर्किए देश बिकासमा सहयोग पुग्ने बताउदै स्वदेशमै धेरै संभावनाहरु रहेकाले युवाहरु बिदेशिनु नपर्ने सुझाव दिए ।

पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैरआवासिय नेपाली संघका प्रवक्त्ता भुषण घिमिरे पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्ल लगायतका जापानका नेपाली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Loading...