सार्वजनिक बिदा अधिकार होइन: सर्वोच्च

काठमाडौं, ८ बैसाख ।

सर्वोच्च अदालतले सार्वजनिक बिदा अधिकार नभई कार्यकारिणीको तजबिजी बुद्धिमताको विषय भएको व्याख्या गरेको छ ।

केही महिनाअघि सुनाइएको फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासले सार्वजनिक बिदाको विषयलाई धर्म र संस्कृतिसँग जोडेर दाबी गर्न नमिल्ने व्याख्या गरेको छ ।

फैलाको पूर्ण पाठमा लेखिएको छ,

-बिदा दिो विषय कार्यकारिणीको तजबिजी (डिस्क्रिसनरी विज्डम) भएकाले यसलाई धर्म वा संस्कृतिसँग जोडेर हक अधिकारको रुपमा हेर्नुहुँदैन ।

-धार्मिक प्रसंग पनि सार्वजनिक बिदा दिँदाका विभिन्न आधारमध्ये एउटा विचारणीय आधार बन्न सक्ने भए पनि यसैलाई मात्र अन्तिम आधार (सोल कन्डिसन) मान्न मिल्दैन । आजको नागरिक दैनिकमा समाचार छ ।

Loading...