तालाबन्दीपछि अछापे सूचना टाँस गर्दै पत्रकार महासंघ प्रदेश निर्वाचनको मनोनयन दर्ता सर्‍यो

काठमाडाैं, ७ बैसाख ।

शुक्रबारबाट शुरु गरिने तय भएपनि ७ पत्रकार सङ्गठनको तालाबन्दीका कारण नेपाल पत्रकार महासंघको प्रदेश स्तरको निर्वाचन कार्यक्रम सरेको छ ।

उपत्यका प्रदेश निर्वाचन समितिले आज बिहान १० बजेबाट निर्वाचनका लागि उम्मेदवार दर्ता समय तोकिएकोमा आजै बिहान क्रान्तिकारी पत्रकार संगठन नेपाललगायत सात पत्रकार संगठनहरुले विरोध जनाउँदै महासंघ केन्द्र, उपत्यका प्रदेशसहित सातै वटा प्रदेश निर्वाचन कार्यलयहरुमा तालाबन्दी गरेका कारण निर्वाचनको मनोनय दर्ता पक्रिया अवरुद्ध भएको छ ।

ति संगठनहरुले कांग्रेस, एमाले र माओवादी केन्द्र (माके) निकट पत्रकारहरुको संगठनको दबाबमा महासंघले मनोमानी निर्णय गरेर नयाँ सदस्यहरुलाई मतदानको अधिकारबाट वञ्चित गराइएको, तीन दलीय सिन्डिकेट थोपरिएको र व्यवसायिक पत्रकारहरुलाई साझा संगठन मानिने महासंघमा निषेध गर्ने योजनासाथ गठबन्धन गरिएकोलगायत आरोप लगाउँदै शुक्रबार बिहान १० महासंघ केन्द्र र काठमाडौं शाखामा तालाबन्दी गरेका छन् ।

केही समय अघि मात्र उपत्यका प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं शाखामा निर्वाचन समितिको तर्फबाट रामहरि सिलवालले अछापे सूचना टाँस गरेर उपत्यकाको निर्वाचनका मनोनयन लगायत सम्पूर्ण प्रक्रिया पर्सि बैशाख ९ गते आइतबार बिहान १०ः३० बजेबाट महासंघ केन्द्रीय कार्यालय संचारग्राममा शुरु हुने जानकारी आज अपरान्ह काठमाडौं शाखा कार्यालय भृकुटीमण्डपमा एक सूचना टाँस गरी दिएका छन् ।

उपत्यका प्रदेशमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखा पर्दछ । काठमाडौं शाखामा मात्र १ हजार ३ सय ७२ मतदाता छन् । पत्रकारहरुको साझा संगठन महासंघमा तीन दलीय सिन्डिकेट नभत्किएसम्म तालाबन्दी जारी रहने आन्दोलनरत संगठनहरुले जनाएका छन् । तालाबन्दीमा प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी, नेपाल, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाज आवद्ध छन् ।

Loading...