काठमाडौँ महानगरले आरोही महिला पत्रकारलाई रु २५ लाख सहयोग

              

काठमाडौँ, ४ वैशाख / काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ ।

मेयर विद्यासुन्दर शाक्यले आरोहणदललाई सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले आफैंँसँग भएको क्षमताको प्रयोगबाट पर्यटकीय सम्भावना खोज्न सकिने बताउनुभयो ।
आरोहण टोलीका महिला पत्रकारसमुहले पर्येतन पर्वर्धन तथा व्श्वोलाई अझै नजिकबाट देखाउने उदेस्य रहेको बताउदै फर्किएपछि हिमाल, पहाड र तराईको सम्बन्ध जोड्ने पर्यटन प्रवद्र्धनमा सक्रिय रहने बताउनुभयो ।
आरोही अन्य महिलामा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ राई हुनुहुन्छ । आरोहण टोली बुधबार लुक्लातर्फ प्रस्थान गर्नेछ ।

आरोहणका क्रममा महानगरको खड्गांकित झण्डा आधार शिविरमा गाडिने छ भने सानो झण्डा र नक्शा चुचुरामा पु¥याइनेछ । उहाँहरुको आरोहण व्यवस्थापन ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सिडिसनले गरेको छ ।
‘समानताका लागि बुलन्द आवाज’ नारा लिएर उहाँहरु आरोहणमा जान लाग्नुभएको हो ।

Loading...