सम्पदालाई जिबन्त राख्न अभियान थाल्दै काठमाडौँ महानगर

    

चैत २९, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले परम्परागत सम्पदाहरुको संरक्षण एवं प्रवर्द्धनका लागि राष्ट्रिय अभियान अन्तर्गत सम्पदा पद मार्ग निर्धारण ,विकाश र प्रवर्धन गर्ने भएको छ ।

महानगरपालिकाले आज पत्रकार सम्मेलन गरि वैशाख ८ गते सम्पदादेखि सम्पदासम्मको यात्रा गर्ने जनाएको छ । जसअन्तर्गत काठमाडौंको बसन्तपुरदेखि स्वयम्भूसम्म भित्रि शहर हुदै २.५ कि.मिको यात्रा हुने भएको छ ।

पदयात्रामा सम्पदाप्रेमी, पर्यटनसँग सम्बद्व संघसंस्था र सर्वसाधारणको सहभागिता हुने महानगरले जनाएको छ ।

यसअघि वैशाख २ देखि ७ सम्म सरसफाइ अभियान, खेलकुद, आमसभा लगायतका जनचेतनामूलक कार्यक्रमहरु गरिने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले परम्परागत धरोहरहरुको संरक्षणका साथै विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले अभियान थालिएको जानकारी दिनुभएको छ ।

Loading...