कलामहत्सव चन्द्रगढीमा चम्पादेवी पर्यटन नगरी एक विवेचना गरि मनाए

   

चैत्र २५ ,काठमाडौँ /    १८ बर्ष गाडि प्रकासित नेपाल मण्डल सम्पदा पुस्तकले लिएको अवधारणालाई पर्यटकिय प्रर्वद्धनका रुपमा अगाडि बढाउन यहि चैत्र २४ गते ऐतिहासिक चन्द्रगढीमा टिष्टाकाँगडा कला उत्सव सम्पन्न भएको छ ।  

नेपाल मण्डल पर्यटन नगरी चन्द्रगढी टिष्टुङ पालुङ चित्लाङ भेगद्धारा आयोजित उत्सवमा अभियानकर्ताहरुद्धारा नेपालको झण्डा उठाएर पार्क स्थापनाको घोषणा गरिएको थियो । निर्वाण आर्ट ग्यालरीको व्यवस्थापन रहेको सो उत्सवमालाई सम्वोेधन गर्दै ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले भन्नुभयो ,,कसैलाई मित लगाएर त कसैलाई नाक काटेर,कसैलाई छली झेलमा पारेर एकाधिकरण गर्ने राजा पृथ्वीनारायण शाहलाई मान्नै पर्छ भन्ने त थिएन तर टिष्टाकागडा सम्मको नेपाली भुमिलाई विस्तार गर्नमा जुन योगदान रह्यो त्यो योगदानको कदर स्वरुप पार्कलाई प्रवद्र्धन गर्नु आजको आवश्यकता हो । ऐतिहासिक तामाङ वस्ती ईन्द्रसरोवर गा.वि.स.क्षेत्र भित्रको यो सम्पदा प्रवद्र्धनको दायित्व हामी लिन तयार छौं तर राज्यले स्पष्ट वजेट सहितको जिम्मेबारी दिनुपर्नेमा जोड दिनुभयो ।

निर्वाण आर्ट ग्यलरीका प्रमुख तथा कलाकार बेखराम श्रेष्ठ बलामीले नेपाल एकिकरणको योगदान दिनुहुने योद्धाहरुको कलाको माध्यमबाट सम्मान गर्नु आफनो लक्ष्य रहेको स्पष्ट पार्नु भयो । दक्षिण पश्चिम भेगिय संयोजक विनोद महर्जनले किर्तिपुर एकिकरणकोेक्रममा खडा गरिएको गढीलाई टिष्टाकागडा पार्क बनाए ऐतिहासिक अस्तित्वको संरक्षण हुनुका साथै किर्तिपुर,चन्द्रागिरी,ईन्द्रसरोवर,दक्षिणकाली नगरपालिका सम्मलाई पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेमा जोड दिनुभएको थियो भने मुर्तिकार तथा कलाकार सुर्दशन विक्रम राणाले कलालाई दिर्घकालिन कार्ययोजना बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।   

Loading...