क्रान्तिकारी पत्रकार संगठन, नेपाल अछामकाे सम्मेलन सम्पन्न, जाजरकोटको सुरु

अछाम, २५ चैत ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल अछाम जिल्ला समितिकाे सम्मेलनले माेहनसिंह धामीकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र रावलकाे प्रमुख अातिथ्यतामा सम्पन्न सम्मेलनले अध्यक्षमा माेहनसिंह धामी, उपाध्यक्ष तपेन्द्र शाहीलाइ निर्वाचित गरेको छ ।

यस्तै सम्मेलनले सदस्यहरुमा राधिका जनाल, कमल विक, सागर देवकोटा, राधिका शाही, कमल शाही, हेमन्त विकलाई निर्वाचित गरेको छ । यसैबीच कैलालीमा पनि जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट बबिता उपाध्यायको अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति गठन गरिएकाे छ ।

यस्तै यता जाजरकोटको सम्मेलन सुरु भएको छ । आइतबार बिहान सदरमुकाम खलंगामा संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले सम्मेलनको उद्घाटन गरेका छन् ।

सम्मेलनमा आथित्यता ग्रहण गर्दै संगठनका केन्द्रीय सचिबालय सदस्य दिप बहादुर घर्ति, दिल्ली राउत, दिया चन्द लगायतका अथितिहरुले सम्मेलन सफलताको शुभकामना मन्तब्य दिएका छन् ।

Loading...