काठमाडौँ महानगरले स्थानीय राजपत्र सार्वजनिक गर्यो

 

 

चैत २३ ,काठमाडौँ /

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाद्वारा प्रकाशित ‘स्थानीय राजपत्र’ आज यहाँ सार्वजनिक गर्नुभयो ।

गएको पुस २४ गते प्रमाणीकरण भएको स्थानीय राजपत्र प्रकाशन कार्यविधिबमोजिम प्रकाशित राजपत्रको उहाँले सार्वजनिक गर्नुभएको हो ।

आज सार्वजनिक गरिएको राजपत्रमा नगरसभा सञ्चालन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको आव २०७४/७५ को नीति तथा कार्यक्रम, स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७४, कार्यपालिकाअन्तर्गत समिति, उपसमिति, गठनसम्बन्धी कार्यविधि २०७४, विनियोजन ऐन, २०७४ र कार्य सम्पादन नियमावली, २०७४ रहेका छन् ।

राजपत्रको माथिल्लो भागमा नेपाल सरकारको निशाना छाप, त्यसको तल क्रमशः देवनागरी लिपि र रञ्जना लिपिमा काठमाडौँ महानगरपालिका लेखिएको छ भने त्यसपछि स्थानीय राजपत्र लेखिएको छ । प्रकाशित राजपत्रहरु नागरिकले महानगरको पुस्तकालयबाट सहजै खरिद गर्न सक्ने बताइएको छ ।

Loading...