गृहमन्त्री वादल र आईजीपीबीच बोलचाल बन्द ! थाहा पाउनुहोस् यस्तो छ कारण

काठमाडौं, २३ चैत ।

एमाले-माओवादी गठबन्धन सरकारका गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालबीच बोलचाल बन्द भएको छ ।

पार्टी एकताको तहमा पुगेका एमाले-माओवादीले गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर भाग लिएका थिए । निर्वाचनको नतिजा आए लगत्तैदेखि पार्टी एकता र संयुक्त सरकारको तयारी थालेका यि दुई पार्टीले कसलाई गृहमन्त्री बनाउने भन्ने बिषयले निकै चर्चा पाएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बनेको संयुक्त सरकारमा माओवादीको भागमा परेको गृहमन्त्रालय समाल्न माओवादी भित्र पनि निकै ठुलो रस्साकस्सी नै पर्यो ।

हिजोका आफ्नै सहयात्री, सहकर्मी नेत्र विक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आफ्नो मुख्य प्रतिस्पर्धी मानेका प्रचण्डले नेकपालाई दमन गर्ने सर्तमा अन्ततः राम बहादुर थाहा ‘बादल’लाई गृहमन्त्री बनाउन तयार भएका थिए ।

देशमा वामपन्थी सरकार बनाउने, आफु अनुकूल एमालेसँग पार्टी एकता गर्दै जनतालाई विकासको भ्रम दिने र नेकपाले उठाएका जनतन्त्र, जनजीविकाका मुद्दाहरुलाई ओझेलमा पार्ने रणनीति बनाएका प्रचण्डले यदि विप्लवलाई दमन गर्न नसकिए उक्त रणनीति असफल हुने अनुमान लगाइसकेका थिए ।

त्यसैले उनी नेकपाका नेता कार्यकर्तालाई धरपकड र दमन गर्न सक्ने गृहमन्त्री रोज्न चाहन्थे । त्यसैले उनले दमनको नीति लिने सर्तमा बादललाई गृहमन्त्री बनाएका हुन् ।

स्रोतका अनुसार अहिले गृहमन्त्री बादल र प्रहरीका महानिरीक्षक प्रकाश अर्यालबीच यही बिषयमा बढी विवाद भइरहेको बताइएको छ । उमेर हदका कारण एकहप्ताभित्र अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक अर्यालले आफ्नो सेवाको अन्तिम कालमा नेकपालाई दमन गरेर बिबादित हुन् नखोजेको बुझिएको छ भने बादलले जसरी पनि दमन गर्नुपर्नेमा जोड गरेका छन् । ठिक यही नेर उनीहरुबीच सम्बन्ध बिग्रिएको स्रोतको भनाई छ ।

बिहीबार गृह मन्त्रालयमा आयोजित दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री थापासंग सन्किएर प्रहरी महानिरीक्षक अर्याल केही नबोली फटाफट बाहिरिएपछि उनीहरुबीच बिग्रिएको सम्बन्धको झल्को सबैले पाएका थिए ।

बैठकमा औचापरिकता बाहेक गृहमन्त्री थापा र महानिरीक्षक अर्यालबीच बोलचाल नै नभएको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए । ‘गृहमन्त्री र महानिरीक्षकबीच अत्यन्तै असहज अवस्थाका बीच बैठक चल्यो’, स्रोतले दाबी गर्दै भन्यो, ‘अवस्था अन्त्यन्तै असहज भएपछि महानिरीक्षक प्रकाश अर्याल केही नबोली जुरुक्क उठेर हिँड्नु भयो ।’

बैठकमा गृहमन्त्री थापाका साथै संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, स्वास्थ्य तथा जनसंख्या राज्यमनत्री पद्मा अर्याल, बिभिन्न मन्त्रालयमा पदाधिकारी र सुरक्षा नियकाका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

यस्तै विपद जोखम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४ अनुसार बिहीबार बसेको प्रथम कार्यकारी समितिको बैठकले केन्द्रीय दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘राष्ट्रिय विपद् व्यवस्थापन कोष’ राख्ने निर्णय गरेको छ ।

बैठकले क्षेत्रीय दैवी प्रकोप उद्धार कोष खरेज गरी सातै प्रदेशमा प्रदेश व्यवस्थापन कोष स्थापना गर्ने तथा जिल्लादैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी जिल्ला विपद् व्यवस्थापन कोष राख्ने निर्णय गरेको छ ।

बैठकले सुख्खा मौसम, हावाहुरी र पूर्व मनसुन लगायतको प्रकोपहरू हुन नदिनको लागि यससँग सम्बन्धित सरकारी र गैरसरकारी निकायले आफ्नो स्रोत साधन चालु अवस्थामा राख्ने र आवश्यक परेको अवस्थामा बिना कुनै विलम्ब परिचालति हुने निर्णय गरेको छ ।

Loading...