राष्ट्रपति ट्रम्प मेरोमा आइरहन्छन: पोर्नस्टार स्टोर्मी, पोर्नस्टारको यस्तो बयानपछि विश्वभर हंगामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी डानियल्सलाई १,३०,००० अमेरिकी डलर तिरेको समाचार प्रकाशनमा अाएपछि यसले ठूलाे सनसनी मच्चायाे । याे कुरा ट्रम्प राष्ट्रपति चुनावमा रहेकै बेला भएकाे थियाे । याे समाचार जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले छापेकाे थियाे । ट्रम्पका वकिल कोहेनले सो पैसा ट्रम्पको तर्फबाट राष्ट्रपति निर्वाचनको एक दुई दिन वरपर तिरेका थिए । ट्रम्प स्टाेर्मीले चुनावकै बेला अाफूहरुकाे सम्बन्ध सार्वजनिक गरिदिइन भने बर्बाद हुन्छ भन्ने डरमा थिए । त्यसैले उनले स्टाेर्मीलार्इ साे रकम दिएका थिए । पाेर्नस्टार स्टोर्मी र ट्रम्पबीच सन् २००६ तिर एक वर्षसम्म याैन सम्बन्ध चलेकाे र त्याे सम्बन्धबारे सार्वजनिक रूपमा नबोल्न कानुनी बन्देज रहने गरी ट्रम्पले पैसा तिरेकाे खबर खबरमा थियाे । 

यो खबर सार्वजनिक भएपछि आई.टी. टचले सन् २०११ मा स्टोर्मीसँग गरेको अन्तरवार्ताको पूर्ण पाठ आफ्नो अनलाइनमा राख्यो । अन्तरवार्तामा स्टोर्मीले ट्रम्ससँग सन् २००६ मा एक वर्ष चलेको सम्बन्धबारे बालेकी छिन् । अन्तरवार्ता दिनुअघि स्टोर्मीले पोलिग्राफिक टेस्ट दिएकी थिइन् । पोलिग्राफ टेस्टमा स्टोर्मीलाई सम्बन्धको विविध पक्षमा प्रश्न सोधिएको थियो । टेस्टमा उनले बोलेको कुरा साँचो देखाएको थियो । प्रस्तुत छ तिनै स्टाेर्मीले ट्रम्पसँग एक वर्षसम्म के के भयाे भनेर दिएकाे अन्तर्वार्ताकाे पूरा पाठ । 

आई.टी. : डोनाल्ड ट्रम्पलाई पहिलो पटक कहिले भेट्नुभयो ?

स्ट्रोमी : लेक तहोईमा च्यारिटीका लागि गरिएको गल्फ प्रतियोगितामा भेटेकी थिएँ । मलाई लाग्छ उनी त्यहाँ गल्फ खेल्न आएका थिए । मैले काम गर्ने कम्पनीले गिफ्ट रूममा सहभागिता जनाएको थियो, त्यसैले म गएको थिएँ । पहिलो पटक मैले उनलाई गल्फ कोर्समा भेटेकी थिएँ । तिनले हामीलाई वरपर घुमाइरहेका थिए । त्यसक्रममा उनले मलाई हेरिरहेका थिए र त्यहीँ हामीलाई परिचय गराइयो । उनलाई सबैमाझ परिचय गराइयो । पछि पनि उनी मलाई हेरिरहेका थिए । पछि हामी एउटै गाडीमा अर्को ‘होल’सम्म गयौँ । सो क्रममा उनले ‘म तपाईसँग पछि कुरा गर्न चाहन्छु’ भने । पछि उनी गिफ्ट रूममा आउँदा उनले मलाई भेटे । त्यो बेलाउनले मसँग आफ्नो नम्बर मागे र मैले दिएँ । त्यसपछि उनले मलाई त्यो रात डिनर खान चाहनुहुन्छ भनेर सोधे । मैले ‘निश्चय नै हुन्छ’ भने । कसले यस्तो रोचक मानिससँग गफ गर्ने अवसर गुमाउन चाहन्छ ? मैले उनीसँग डेट गर्ने वा अरू केही गर्ने सोचेकी थिइनँ ।

आई.टी. : तपाईंका तर्फबाट यो एक व्यापारिक कदम थियो ?

स्ट्रोमी : निश्चय नै । तपाईं उनको प्रशंसक भए पनि नभए पनि उनी निक्कै रोचक मान्छे हुन भने स्वीकार्नुपर्छ । मेरो पेसाको सबैभन्दा राम्रो पक्ष भनेको म निक्कै रोचक र अजिबका मानिससँग भेट्ने मौका पाउँछु । उनले मलाई निमन्त्रणा दिए । उनले मलाई उनको कोठामा आउन भने । उनले मलाई आफ्नो कोठा नम्बर भने । अहिले मलाई त्यो कोठा नम्बर त सम्झना छैन तर त्यो होटेल हराहको सबैभन्दा माथिल्लो तल्ला थियो ।

आई.टी. : त्यसपछि के भयो ?

स्टोर्मी : म त्यहाँ गएँ । कोठा बाहिर उनको अङ्गरक्षक किथ थिए । पछि पनि उनीसँग भेट्न जाँदा प्रत्येक पटक उनलाई देख्थेँ । किथ सधैँ उनीसँग हुन्थे । मैले कहिले पनि डोनाल्ड ट्रम्पको नम्बर पाइनँ । म सधैँ किथको नम्बरमा फाने गर्थें ।

म उनको कोठामा गएँ । त्यसपछि किथले ‘ए आउनुभयो, उहाँले तपाईंलाई भित्र पर्खिरहेका छन् ।’ भने । म भित्र गएँ । म सजिएर आएकी थिएँ किनकि मलाई डिनरका लागि बाहिर जाने होला भन्ने लागेको थियो । तर उनी भने कोठामै खाना खाने सोचिरहेका रहेछन् । उनी त सामान्य पोसाकमा थिए । मैले उनलाई यस विषयमा ठट्टा गरेको याद छ । मैले यो किन सम्झिरहेकी छु भने म कोठामा पस्दा उनी सोफामा पल्टेर टिभी हेरिएका थिए । उनी पाइजामामा थिए र मैले उनलाई भने ‘हाहा के हेफ्नरलाई (प्लेब्याई पत्रिकाका संस्थापक) तपाईंले उनको पहिरन चोरेको थाहा छ ?’ खासमा म उनीसँग निक्कै रुखो रूपमा प्रस्तुत भएकी थिएँ । त्यसपछि उनले परिस्थितिलाई हल्का बनाउन भनँे– ‘ए, मैले त यहीँ आरामसँग बसेर खाऔं भनेको,’ भने । अन्त्यमा हामीले उनकै कोठामा डिनर खायौँ । हामीले के मगाएको थियौँ, त्यो त सम्झँदिनँ तर हामीमध्ये कसैले पनि रक्सी भने खाएका थिएनौं । कामको समयमा म रक्सी खादिनँ । खासमा म धेरै रक्सी खादिनँ । रक्सीको विज्ञापनका लागि फोटो खिचाउँदा पनि मेरो हातमा भएको गिलासमा ‘रेड बुल’ हुनेगर्छ । उनले पनि रक्सी लिएका थिएनन् । मैले कहिले पनि उनले पिएको देखिनँ । सायद उनी पिउँदैनन् होला । हामी केही समय गफियौं । उनले मेरो व्यवसायको बारेमा धेरै प्रश्नहरू सोधे । सबै प्राविधिक प्रश्न थिए । उनी निक्कै जिज्ञासु थिए । प्रश्नहरू यौनसम्बन्धी होइनन् अरू नै थिए । उनले यो क्रममा पटक पटक उनको फोटो आवरणमा भएको म्यागजिन देखाए । त्यो कुनै कर्पोरेटसम्बन्धी म्यागजिन थियो । अहिले त्यसको नाम सम्झन सकिनँ । तर यो उनको कोठामा थियो र उनले मलाई पटक पटक त्यो देखाइरहे । मलाई भने ‘यार म तिमी को हौ चिन्छु’ भन्ने खालको सोच आइरहेको थियो । मलाई लाग्छ, उनी मलाई प्रभावित बनाउन खोजिरहेका थिए । हाम्रो पहिलो भेटमा अझ त्यो भेटको सुरुवाती केही घण्टा उनले मलाई प्रभावित पार्न खोजेको झैं लागेको थियो । उनले मलाई त्यो म्यागजिन देखाएर ‘यहाँ हेर त, यसमा म राम्रो देखिएको छुइनँ त ?’

आई.टी. : तपाईंहरूले खाउन्जेल यति मात्र कुरा भयो त ?

स्टोर्मी : हो, कम्तीमा केही घण्टासम्म यही कुरा भयो । मलाई सम्झना भएसम्म म त्यहाँ पुग्दा उज्यालै थियो, साँझ साँझको समय थियो । मलाई मेरो होटेलबाट उनको होटेलसम्म हिँडेर गएको याद छ ।

आई.टी. : यो तपाईहरू भेट भएको पहिलो दिन नै भएको थियो ?

स्टोर्मी : हो, म त्यहाँबाट निस्कँदा अन्धकार भइसकेको थियो ।

आई.टी. : त्यो अवधिभरी कोठामा तपाईं दुई मात्र हुनुहुन्थ्यो ? अनि अङ्गरक्षक बाहिर उभिएका थिए ?

स्टोर्मी : हो, त्यो अवधीभर कोही पनि भित्र आएनन् । अङ्गरक्षक किथ बाहिर उभिरहेका थिए । हामी अनेक विषयमा कुरा गरिरहेका थियौं । म उनले सोधेको सम्झन्छु ‘तिमीलाई एउटा प्रश्न सोध्छु, नरिसाउ है ?’ सोधे । मैले सोध्न भने । मैले अश्लील खालको प्रश्नको आशा गरेको थिएँ तर त्यो त्यस्तो थिएन : त्यो मैले कुनै चीजबाट मैले रोयल्टी बापत कति पाउँछु भन्ने थियो । मैले पनि उनलाई पछि भने ‘म पनि तिमीलाई एउटा प्रश्न सोध्छु तर यसले चाहीँ रिस उठ्नेछ ।’ मैले उनको कपालबारे प्रश्न सोधें, ‘यार यो कि यस्तो छ ?’ र उनी हाँसे र भने ‘तिमीलाई थाहा छ, सबै मेरो कपालबारे चाख दिन्छन् र यसका लागि विभिन्न सुझाव दिन्छन् ।’ त्यसपछि मैले भने ‘तिमी चाहिँ यसमा केही बदलाब गर्न चाहँदैनौ ?’ उनले आफूले कपाल काटेमा आफ्नो पैसा र शक्ति गुमाउँछु जस्तो लाग्ने बताए । यो सुनेर म बेस्सरी हासें ।

आई.टी. : त्यसपछि उनले के भने ?

स्टोर्मी : उनले यसलाई राम्रै माने । त्यसपछि उनले भने, ‘हो, मेरी श्रीमतीले पनि ठट्टा गरेर मेरो छोराको कपाल यस्तै कोरिदिन्छिन् ।’

आई.टी. : उनले आफ्नो श्रीमतीको नाम पनि उल्लेख गरे ?

स्टोर्मी : मैले उल्लेख गरें । मैले तपार्इंकी श्रीमतीले हाम्रो यो भेटलाई कसरी लिनेछन् भनेर सोधें । उनले, ‘उसको चिन्ता नलेऊ’ भने र हतार हतार विषय बदले ।

हो, कति घिन लाग्दो है ? तर मैले ‘उनले मलाई बेश्या नठानुन’ भन्ने सोचिरहेको थिएँ । नगरबधुहरूप्रति नकारात्मक धारणा भएर होइन तर मैले कहिले पनि यो गरेकी छैन । आजको दिनसम्म मैले यो किन गरेँ थाहा छैन । साच्चै नै भनेको मलाई थाहा छैन ।

आई.टी. : श्रीमतीको बारेमा ट्रम्पले यत्ति मात्र कुरा गरे ?

स्टोर्मी : हो, हुन त धेरै अगाडिको कुरा भएकाले हामीबीच भएको संवादको शृङ्खला ठ्याक्कै सम्झन नसकेको हुन सक्छु, त्यसपछि उनले ‘तिमी निक्कै चलाख छौ । तिमी मूर्ख जस्तो लाग्दैनौं ।’ भने । मेलै धन्यवाद भन्दै उनले के भन्न खोजेको सोधें । उनले भने ‘तिमी मेरो सो(अमेरिकी च्यानल एन.बी.सी.बाट आउने ‘रियालीटी सो’ द अप्रेन्टिस) कार्यक्रममा आउनुपर्छ ।’ मैले भने ‘साँच्चै, तर मलाई त्यो सम्भव छ जस्तो लाग्दैन ।’ भने । त्यसपछि उनले भने “होइन यो तिम्रा लागि निक्कै राम्रो हुन्छ । मानिसहरूले तिमीलाई कैलो कपाल भएको ठूलो वक्षस्थलवाली मूर्ख सोच्छन् । तिमी यसका लागि ठिक्क हुन्छौ, किनकि तिमी यति ‘स्मार्ट’ व्यावसायिक छौ । तिमी लेख्छौ, निर्देशन गर्छौ र निर्माण पनि गर्छौ र निश्चय नै तिमी ‘हट’ र सुन्दर छौ ।’ मैले ‘यो कहिले हुँदैन । एन.बी.सी.ले कहिले पनि आफ्नो टिभी सोमा एक पोर्नस्टारलाई सहभागी गराउन दिँदैन ।’ त्यसपछि उनले आफूले त्यो गराउन सक्ने बताए । मैले त्यसो भए त्यो सम्भव बनाउन चुनौती दिएँ । उनले यसलाई हामी दुवै मिलेर सम्भव गराउनुपर्ने भनेँ । उनले त्यही भनेर एक वर्षसम्म मलाई आशमा झुलाइरहे । उनले भने, ‘हामी दुवै गएर तिम्रो सहभागिताको विषयमा छलफल गनुपर्छ भने । उनी गम्भीर थिए । सायद उनको दिमागमा यो कुरा आउँदा यो राम्रो हुनेछ भन्ने लागेको थियो होला र त्यो हुन पनि सक्थ्यो । निश्चय नै यो सनसनीपूर्ण हुने थियो । उनले मलाई सोधेको सोधै गरिरहे । उनले ‘के तिमी यो गर्छौ ?’ भनेर सोधे । मैले ‘तिमीलाई बताइदिऊँ कि म यो बारेमा सोचेर मेरो ऊर्जा नष्ट गर्दिनँ तर यदि तिमीमा यो गराउने सामर्थ छ भने म गर्नेछु” भनेँ ।

आई.टी. : यो सबै त्यही डिनरको क्रममा भयो ?

स्टोर्मी : अँ, डिनरपछि । त्यो हाम्रो संवादको सबैभन्दा लामो विषय भएको थियो ।

आइ. टी. : यो उनको विचार थियो ?

स्टोर्मी : हो, १००% । मैले त यो बारे पहिले कहिले पनि सोचेको थिइनँ । साँचो भन्ने हो भने मैले कहिले पनि त्यो कार्यक्रम हेरेकी पनि थिइनँ र आजका दिनसम्म पनि मैले त्यो कार्यक्रम हेरेको छैन । म धेरै यात्रामा हिड्नुपर्छ त्यसैले मसँग टिभी हेर्ने समय नै हुन्न ।

त्यसपछि म बाथरुम गएँ जुन बेडरुममै जोडिएको थियो । त्यो निक्कै ठूलो कोठा थियो । म अहिले पनि त्यो कोठालाई राम्रोसँग बयान गर्न सक्छु । जब म बाथरुम बाहिर निक्लँे उनले मलाई आफू नजिक आउन भनँे । मलाई ‘ल अब सुरु भयो’ जस्तो भयो । हामीले ‘किस’ गर्न थाल्यौँ । खासमा मैले यो किन गरेँ भनेर थाहा छैन तर जब हामी सम्भोगरत थियौँ, मेरो मनमा ‘भगवान यसका लागि यिनले शुल्क नतिरून्’ भन्ने लागेको थियो । तर लगतै ‘तर पैसा तिरे भने त निक्कै बढी तिर्छन् होला’ सोच आएको सम्झना छ ।

आई.टी. : यौन सम्पर्कको समय तपाईं यो सोचिरहनुभएको थियो ?

स्टोर्मी : हो, कति घिन लाग्दो है ? तर मैले ‘उनले मलाई बेश्या नठानुन’ भन्ने सोचिरहेको थिएँ । नगरबधुहरूप्रति नकारात्मक धारणा भएर होइन तर मैले कहिले पनि यो गरेकी छैन । आजको दिनसम्म मैले यो किन गरेँ थाहा छैन । साच्चै नै भनेको मलाई थाहा छैन ।

आई.टी. : के तपाईं उनीप्रति आकर्षित हुनुहुन्थ्यो ?

स्टोर्मी : के तपाईं हुनुहुनेछ ? म खासमा रोमाञ्चित भइरहेकी थिएँ । निश्चयनै म उत्तेजित थिएँ । हामीबीचमा निक्कै हसिँमजाक भएको थियो । घण्टौं संवाद भएको थियो । संवादमा उनी निक्कै राम्रो र बौद्धिक थिए ।

आई.टी. : जे भयो त्यसमा तपाईंहरूबीच भएको संवादको भूमिका थियो जस्तो लाग्छ ?

स्टोर्मी : हो ।

आई.टी. : बाथरुममा जाँदा बाहिर निस्केपछि त्यस्तो अवस्थासँग साक्षात्कार होला भन्ने लागेको थियो ?

स्टोर्मी : उनी खाटमा हुने कुरा थिएन तर जे भए पनि हामीबीचको सम्भोग उल्लेखनिय थिएन । उनले मलाई चेनले बाध्ने जस्तो केही गरेनन् । यो एक आसनमा भएको थियो । कुनै समय पर्यो भने म उनको ‘साधन’लाई राम्ररी बयान गर्न सक्छु । त्यसपछि उनी निक्कै सन्तुष्ट देखिन्थे । उनले ‘तिमीलाई पछि पनि भेट्न चाहन्छु, कहिले भेट्न सक्छु ?’ सोधे ।

त्यो एक आसनमा गरिएको यौन सम्पर्क थियो । त्यो उमेरको मानिसबाट बढी आस पनि हुन्न । तर त्यति नराम्रो पनि थिएन । मलाई गलत नबुझ्नु होला ।

आई.टी. : त्यसपछि के भयो ?

स्टोर्मी : त्यसपछि एउटा रमाइलो घटना भयो । उनीसँग मेरो एउटा डिभिडी थियो । उनले त्यसमा मेरो हस्ताक्षर मागे र मैले गरिदिएँ ।

आई.टी. : उनले त्यसो गरे ?

स्टोर्मी : हो, मलाई थाहा छैन उनले हामी त्यहाँ रहँदा कसैलाई लिन पठाएका थिए कि । होइन होइन सम्भवत उनले त्यो ‘गिफ्ट रुम’मा लिएका थिए । सम्भवत यो उनको गिफ्ट झोलामा थियो । हो मैले सम्झेँ र मैले त्यसमा हस्ताक्षर गरेको सम्झना छ ।

आई.टी. : यो पहिले भयो कि पछि ?

स्टोर्मी : पछि, हामी अझै बेडरुममा थियौं । हामीले केही बेर गफ गर्यौं । उनले निरन्तर ‘म तिमीलाई फोन गर्छु । म तिमीलाई पुनः भेट्न चाहन्छु । तिमी अद्भुद छौ । हामी मिलेर तिमीलाई कार्यक्रममा ल्याउनुपर्छ ।’ भनिरहे । त्यसपछि म निस्कँे । अर्को रात पुनः उनलाई एक पार्टीमा भेटेँ । पार्टी म बसेको होटेलमा भएको थियो । उनी बेन रोइथलिस्बर्गरसँग थिए । म त्यहाँ पुग्दा उनी पहिले नै बेनसँग थिए । उनले आफ्नो अङ्गरक्षक किथलाई मलाई फोन गर्न लगाएँ । फोनमा म आउँछु कि आउँदिन सोधिएको थियो । त्यहाँ पुगेर मैले किथलाई फोन गरेँ । किथले आफूहरू बसेको ठाउँमा लिएर गए । म त्यहाँ पुग्दा उनी बेनसँग बसिरहेका थिए, सायद निक्कै पहिलेदेखि गफिरहेका झैं देखिन्थे । त्यहाँ अरू थप एक दुई जना थिए । त्यति चर्चित होइनन् । बेनले त्यो वर्ष ‘सुपर बोल’ जितेका थिए । डोनाल्डले आफूलाई बेनसँग छुट्टिन अनुमति मागे । उनलाई निस्कनुपर्ने भयो । निस्कँदा उनले बेनलाई मेरो ख्याल गर्न भने । म त्यहाँ त्यस्तै पन्ध्र बीस मिनेट बसेँ । डोनाल्ड ट्रम्पले भनेकाले बेनले मलाई कोठासम्म छाडेका थिए ।

आई.टी. : तपाईंहरूले यौन सम्बन्ध भएपछि उनले तपाईंलाई ‘कसैलाई नभन्नु’ वा यस्तै केही भनेका थिए ?

स्टोर्मी : थिएनन् । यसबारे उनमा कुनै चिन्ता थिएन । उनी एक हिसाबले रुखो भए । मलाई भनेकहिलेकाहीँ ‘मैले गलत काम गरेँ कि’ भन्ने लाग्थ्यो । फेरि मैले मान्छेहरूलाई भन्दै पनि हिँडिनँ । कसैलाई पनि थाहा भएन ।

स्टोर्मी : तपार्इंहरूले अस्थायी साधन प्रयोग गर्नु भएको थियो ?

स्टोर्मी : थिएन ।

आई.टी. : यसमा तपार्इंहरूबीचमा सहमती भएको थियो कि आबेगमा होस् भएन ?

स्टोर्मी : एक हिसाबमा आवेगमा भयो र यस सम्बन्धमा म निक्कै तनावमा थिएँ, किनकि म निक्कै ख्याल पुर्याउने मान्छे हुँ । मैले काम गर्ने कम्पनीहरू कन्डमका मात्र छन् । तर हामीले प्रयोग नगर्नुको कारण याद भएसम्म मलाई ल्याटेक्स कन्डमको एलर्जी छ । फेरि त्यहाँ कन्डम बोकेर पनि गएकी थिइनँ । मलाई के थाहा छ भने ९९% पुरुषहरू ‘ल्याटेक्सविहीन’ कन्डम बोक्दैनन् । त्यसैले म आफै बाकप्याकमा कन्डम बोकेर हिँड्छु तर त्यो दिन म डिनरका लागि मात्र सोचेर सानो ककटेल झोला बोकेर गएको थिएँ ।

आई.टी. : यौन सम्पर्क रोमान्टिक थियो कि ?

स्टोर्मी : यो एकदम सामान्य खालको यियो । यो कुनै ‘म तिमीलाई एकदमै माया गर्छु ।’ खालको थिएन । उनी कुनै ‘फ्याबियो’ पनि थिएनन् । उनले पनि पोर्नमा जस्तो गर्न चाहिरहेका थिएनन् ।

आई.टी. : यौन सम्पर्कको बेला उनले केही भने ?

स्टोर्मी : त्यस्तो असामान्य केही भनेनन् । ‘ओ, निक्कै आनन्द आइरहेछ । ओ !’ खालको । त्यो एक आसनमा गरिएको यौन सम्पर्क थियो । त्यो उमेरको मानिसबाट बढी आस पनि हुन्न । तर त्यति नराम्रो पनि थिएन । मलाई गलत नबुझ्नु होला ।

आइ.टी : अर्को रात बेनले तपाईं कोठामा छाडिदिए । त्यसपछि… ।

स्टोर्मी : त्यसको अर्को दिन म होटेलबाट हिँडेँ । केही आसा गरिनँ । निश्चय नै उनले त्यसपछि पनि फोन गरे । उनले सधैं मलाई ‘ब्लक्ड नम्बर’बाट फोन गर्थे । उनलाई फोन गर्नका लागि उनले अङ्गरक्षक किथको नम्बर दिएका थिए । उनले आफ्नो अफिसकी सेक्रेटरी रोनाको नम्बर पनि दिएका थिए । त्यसबाट सिधै उनको अफिसमा फोन गर्न मिल्थ्यो । मैले फोन गर्दा अरू फोनमा व्यस्त भए वा त्यहाँ नभए पनि उनी दश मिनेट भित्र फोन फर्काउँथे । मलाई लाग्छ मैले फोन गरेको भनेर रोनाले उनलाई जानकारी गराउथिन् र त्यसपछि उनी मलाई फोन फर्काउँथे । उनले गर्ने फोन सधैँ ‘ब्लक्ड नम्बर’ हुन्थ्यो । उनी आफै भने मलाई प्रत्येक १० दिनमा फोन गर्थे । उनी सधैं मलाई ‘हनिबन्च’ भनेर सम्बोधन गर्थे । उनी फोन गर्दा ‘के छ हनिबन्च’ भन्थे । संवाद सधैँ उनी सुरु गर्थे । त्यसमा सधैँ मलाई फोन गर्ने बाहान हुन्थ्यो । जस्तो उनी फोन गर्ना साथ ‘भर्खर मैले तिम्रोबारे फलानो फलानोमा पढेँ वा तिम्रोबारेमा म्यागजिनमा समाचार आएको छ । मैले आज टिभी खोल्दा अनुमान गर्छौ टिभीमा को थियो ?’ कुरा उनले मलाई कतै पढेको वा देखेकोबाट सुरु हुन्थ्यो । त्यो समय म एकदमै व्यस्त थिए । त्यो समय मेरो बच्चा भएका कारणले म बिदामा थिएँ तर त्यो समय जताततै देखिन्थे । यिनै बाहना देखाएर उनी मलाई फोन गर्थे । ‘हे तिमी फलानो फलानोमा छौ, तिमीलाई थाहा छ ? हामी भेटेर मेरो कार्यक्रममा तिम्रो सहभागिताबारे कुरा गर्नुपर्छ ।’

आई.टी. : के उनले यसको वाचा गरेको थिए ?

स्टोर्मी : हो, निश्चित रूपमा । उनले मलाई उनीसँग कोही एकजनालाई सीधै प्रवेश गराउने ‘वाइल्ड कार्ड’ रहेको बताउँथे ।

आई.टी. : र उनले त्यो तपाईं हुनुहुनेछ भनेका थिए ?

स्टोर्मी : हो । १००% उनले मलाई वाचा गरेका थिए । त्यसपछि मैले उनलाई म ट्याम्पामा सर्न लागेको बताएँ । उनले त्यहाँ मलाई उनले बनाउँदै गरेको ट्रम्प टावरमा एउटा फ्याट दिने बताए । मेरो जानकारी भएसम्म त्यो भवन पछि पूरा भएन । म त्यहाँबाट फर्केको दुई वर्षपछि बन्यो कि । मलाई उनले भन्दा नै फ्याट दिने कुरामा विश्वास लागेको थिएन । मैले जहिले फोन गर्दा पनि उनी फकाउँर्थे र रमाइलो त्यो बेलाका मेरा सहकर्मी र ब्वाइफ्रेन्ड (जो सँग पछि विवाह भएर हाल डिभोर्स भइसक्यो) लाई म ट्रम्पसँगको संवादलाई लाउडस्पिकरमा सुनाउँथे । म साँचो भन्दै छु ।

आई.टी. : डोनाल्ट ट्रम्ससँग यौन सम्पर्क हुँदा तपाईंको ब्वाइफ्रेन्ड थियो ?

स्टोर्मी : हो ।

आई.टी. : के उनलाई यसको जानकारी थियो ?

स्टोर्मी : उनलाई सम्बन्धको सम्पूर्ण विस्तार त थाहा थिएन तर बाँकी सबै थाहा थियो । उनी मलाई धेरै फोन गर्थे । एक पटक लस एन्जेल्समा आएको बेला उनले फोन गरेर भेट्न बोलाए । तर उनी लस एन्जल्समा आउँदा म बाहिर थिएँ । म धेरै घुम्छु । उनले म न्युयोर्कमा आउँदा उनलाई अफिसमा भेट्न आउन भने । एक पटक म र मेरो सहायक गयौं । हामी सीधै उनको अफिसम पुग्यौं । उनले हामीलाई देखे । म्यानहटन स्थित उनको निजी अफिसको सबैभन्दा उच्च टावरमा म थिएँ ।

आई.टी. : यो कहिले को कुरा हो ?

स्टोर्मी : यो सो वर्षको जाडो महिना थियो । सायद डिसेम्बर वा जनवरी थियो । त्यो बेला न्युयोर्कमा आउँदा मैले गालाघरमा नाचेको पुरानो प्रेस रिलिज पाउनुहुनेछ । म ट्रम्प भोड्का सार्वजनिक कार्यक्रममा पनि गएँ । त्यो समय मेरो रेड कार्पेटमा खिचिएको तस्बीरहरू लेस डिउक्समा छापिएको छ ।

आई.टी. : के उनले व्यक्तिगत रूपमा तपार्इंलाई निमन्त्रणा दिएका थिए ?

स्टोर्मी : हो, मलाई लाग्छ त्यो जनवरी थियो । म त्यहाँ १५–२० मिनेट मात्र बसेँ । मलाई विमान समात्नु थियो । तर त्यो अवधिमा मैले रेड कार्पेटमा फोटो खिचाएँ । भित्र जाना साथ उनले मलाई सबैको अगाडि अँगालो हालेर चुमे । फेरि पनि किथले मलाई भी.आई.पी. क्षेत्रमा लगे । उनले मलाई केही बढी बस्न सकिन्छ कि भनेर सोधे । मैले नसक्ने उत्तर दिएँ । उनले मलाई मिस यू.एस.ए. (यो क्रार्यक्रमलाई डोनाल्ड ट्रम्पले आयोजना गर्छन्) को निमन्त्रणा दिए । उनले मलाई कार्यक्रमको टिकट दिए । त्यसपछि म निस्किएँ । डोनाल्डसँग गफ गर्न त्यहाँ धेरै मान्छे झुम्मिरहेका थिए । म त्यो भीडमा एक थप हुन चाहँदिनँ थिएँ । मैले टाढैबाट बिदाइको हात हल्लाएँ र टिकटका लागि धन्यवादको सङ्केत गरेँ ।

उनी सधैँ त्यस्तै नम्बरबाट फोन गर्थे, ‘ब्लक्ड नम्बर’बाट । फोनमा “हनिबन्च, के छ हालखबर ?’ भनेर सोध्थे । म ‘ओहो डोनाल्ड ट्रम्प !’ भन्थें । उनी ‘म तिमी के गर्दै छौ भन्ने जान्न चाहन्थेँ ।’ भन्थे । मलाई थाहा छैन उनी फोन चलाउँदै गर्दा मेरो नाम आएर मलाई सम्झन्थे कि ।
आई.टी. : त्यो कार्यक्रम हुनुअघि पनि उनले फोन गरे ?

स्टोर्मी : हो । कम्तीमा महिनाको तीन पटक ।

आई.टी. : के ती फोनमा पुन यौनसम्पर्क गर्ने कुरा उल्लेख हुन्थ्यो ?

स्टोर्मी : हो । ‘तिमीसँग कहिले भेट हुन्छ, मलाई भेट्न मन लागिसक्यो ।” भन्थे तर “आउ ग…।” भन्दैनथे ।

आई.टी. : के यो इसारा थियो ?

स्टोर्मीः हो, अब तपाईं आफै भन्नुस कुनै पुरुषले फोन गरेर ‘तिमीसगँ फेरि कहिले भेट हुन्छ, तिमीसँगको पछिल्लो पटकको भेट निक्कै अद्भूत रह्यो । फेरि कहिले भेटहुन्छ’ भन्छ भने त्यसको अर्थ के हुन्छ ?

आई.टी. : उनीसँगको कुनै पनि भेटमा उनकी श्रीमती सहभागी थिइन ?

स्टोर्मी : मैले कहिले पनि उनलाई देखिनँ । खासमा व्यक्तिगत रूपमा मैले कहिले पनि उनलाई भेटेको छैन । त्यसपछि उनीसँग मेरो अर्को भेट जुलाईको अन्त्यतिर भयो । उनले मलाई फोन गरे र बेवरर्ली हिल होटलमा भेट्न सकिन्छ कि भनेर सोधे र म गएँ । मेरो ब्वाइफ्रेन्डले मलाई त्यहाँसम्म गाडीमा पुर्याए । अङ्गरक्षक किथले लिनलाई बाहिरसम्म आए र भित्र लगे । उनको त्यहाँ निजी ‘बङ्ला’ थियो । त्यहाँ म पहिले गएको थिइनँ र त्यसपछि पनि त्यहाँ गएको छैन । हामीले त्यहाँ खाना खायौं र हामीले पुनः एक पटक डिनर खायौँ । यो पटक हामीले माछा खाएका थियौं । यो पटक पनि रक्सी खाएनौं । त्यो रातको अनौठो कुरा भनेको हामीले डिनर खाइरहेको टेबलबाट टिभी देखिन्थ्यो । टिभीमा उनी ‘सार्क विक’ हेरिरहेका थिए । उनी सार्कसँग धेरै डराउँथे । उनले गफका क्रममा ‘मैले धेरै च्यारिटीहरूमा पैसा दान गरेको छु तर म कहिले पनि सार्कलाई सहयोग गर्ने च्यारिटीमा पैसा दिदिनँ भने । मलाई संसारको सबै सार्कहरू मरे हुन्थ्यो जस्तो लाग्छ ।’

आई.टी. : त्यसो भए ‘बङ्लो’मा तपाईं र उनी मात्र थिए ?

स्टोर्मी : हो, तर यो कति अनौठो हैन ? कति अजीव । त्यसपछि हामीले डिनर सकायौँ र टिभी राम्रोसँग देखिने गरी सोफामा बस्यौं । त्यसपछि उनले आफ्नो कार्यक्रममा मेरो प्रवेशवारेमा गफ सुरु गरँे । उनले आफ्नो कार्यक्रममा मलाई समावेश गर्ने कुरामा एक जनाले विरोध गरेर भिटो प्रयोग गरेको कुरा बताएँ । मैले ‘मैले भनेको थिएँ तिम्ले सक्दैनौँ ।’ भनेर भनेँ । म निक्कै रिसाएको थिएँ । उनले मेरो खुट्टा मुसार्दै भने ‘तिमीलाई थाहा छ, तिमी कति सुन्दर छौ भनेर । मलाई तिम्रो नाक मन पर्छ, यो सानो गन्टे मूला जस्तै छ ।’ मैले ‘तिम्ले गान्टे मूला भन्यौ ? कस्तो नचाहिने तुलना ?’ मैले उनलाई यसमा रिसाएको झैं गरेँ । उनले ‘होइन, होइन, होइन, होइन ! यो निक्कै राम्रो छ । यो नाक निक्कै ‘स्मार्ट’ देखिन्छ, चीलको जस्तो ।” मलाई रिस मरेको थिएन । म निक्कै रुखो रूपमा प्रस्तुत भइरहेकी थिएँ । उनले मेरो काधमा रहेको कपाल मिलाउँदै मेरो घाँटीमा चुमे । उनले मलाई ‘के तिमी बस्छौ ?’ साधें । मैले ‘होइन, मलाई जानु छ ।’ भनेँ र निस्किएँ । अङ्गरक्षक किथले मलाई कारसम्म पुर्याए । म त्यहाँ सम्भवत साढे दुई घण्टासम्म रहेँ । त्यो भेट पछि उनले मलाई कम फोन गर्न लागे । त्यसको केहीपछि उनको कार्यक्रममा जेन्ना जोनसनले प्रवेश पाएको जानकारी दिन फोन गरेका थिए । मैले कुनै भावना नभएझै प्रस्तुत भएँ ।

आई.टी. : विभर्ले हिलभन्दा अघि भएका भेटहरूमा के उनले यौन सम्पर्क गर्ने वा चुम्ने प्रयास गरेका थिएँ ?

स्टोर्मीः थिएनन् । उनले ‘हेल्लो के छ ?’ भनेझैं चुम्थेँ, जस्तो ट्रम्पको भोड्का सार्वजनिक कार्यक्रममा गरेका थिएँ । उनी ‘के जानै पर्छ र ? केही समय बस्न मिल्दैन ?’ सोध्थे ।

आई.टी. : उनी बस्न आग्रह गर्थे तर तपाईं निस्कनु हुन्थ्यो ?

स्टोर्मी : हो, र त्यसपछि उनले मलाई थोरै पटक मात्र फोन गरे र फोनमा उनी ‘यदि तिमीलाई केही चाहेमा मलाई बताऊ ।’ भन्थे । उनी मलाई कुनै समय गल्फ खेल्नुपर्यो भने उनलाई सम्झनु भन्थे । म गल्फ खेल्ने कसैलाई नचिन्ने भएकाले र आफै पनि गल्फ नखेल्ने भएकाले कहिले त्यो माग गरिनँ ।

आई.टी. : उनले अरू पनि उपहार पठाएका थिए कि ?

स्टोर्मी : अहँ, र मैले पनि कहिल्यै मागिनँ । जस्तो मैले भने उनी सधैँ ‘ब्लक्ड नम्बर’बाट फोन गर्थे र पछिल्लो डेढ वर्षमा उनले फोन गरे कि गरेनन् थाहा भएन । मैले मेरो छोरी जन्मेपछि अपरिचित नम्बरबाट आएका फोन उठाउन छाडेकी थिएँ । मेरा प्रशंसकहरूलाई मेरो बच्चा भएको थाहा थिएन । मैले लस एन्जल्स छाडेर भेगासमा बस्न थालेकी थिएँ । एक हिसाबले म भूमिगत भएकी थिएँ । मैले ‘ब्लक्ड नम्बर’बाट आएको फोन उठाउन छाडिसकेको थिएँ ।

आई.टी. : यो कहिलेको कुरा हो ?

स्टोर्मी : लगभग डेढ वर्षबाट ।

आई.टी. : के त्यो तपाईंको अन्तिम अन्तत्र्रिmया थियो ?

स्टोर्मी : हो ।

आई.टी. : त्यसो भए अन्तिम संवाद चाहिँ कुन थियो ? जेन्ना जेमसनबारे भएको गफ ?

स्टोर्मी : होइन, त्यसपछि पनि मेरो कुरा भएको छ । तर गफ ‘हे, के छ हालखबर ?’ भन्ने हुन्थ्यो । सर्भेक्षणकर्ता र कर सङ्कलकको फोनजस्तो नम्बरबाट आएको फोन उठाउन डरमर्दो हुन्छ । उनी सधैँ त्यस्तै नम्बरबाट फोन गर्थे, ‘ब्लक्ड नम्बर’बाट । फोनमा “हनिबन्च, के छ हालखबर ?’ भनेर सोध्थे । म ‘ओहो डोनाल्ड ट्रम्प !’ भन्थें । उनी ‘म तिमी के गर्दै छौ भन्ने जान्न चाहन्थेँ ।’ भन्थे । मलाई थाहा छैन उनी फोन चलाउँदै गर्दा मेरो नाम आएर मलाई सम्झन्थे कि ।

आई.टी. : त्यो कहिले भएको थियो ?

स्टोर्मी : ठ्याक्कै समय त थाहा भएन । लगभग डेढ वर्ष अगाडि हो । त्यो समय सिनेटले मसँग सबाल जवाफ गरेको बेला थियो । उनले फोन गरेर ‘हे, मैले तिम्लाई सी.एन.एन. हो वा फक्स हो या यस्तै केमा देखेको थिएँ । तिम्लाई निक्कै राम्रो देखिएको थियो । तिम्ले तिनलाई क्या जवाफ दियौ, मलाई मन पर्यो ।’ भने ।

पाईंलाई एडल्ट उद्योगमा काम गर्नेसँग गोप्य रूपमा सङ्गत गर्दा चाहिँ ठीक छ तर सार्वजनिक रूपमा भने यो उद्योग र यसमा काम गर्नेलाई अपमान गर्नुहुन्छ भने रिस उठ्दैन ? म रेकर्डमा नभएको कुरा गरिरहेको छु, त्यसैले म के कुरा गरिरहेको छु भन्ने तपाईं अलमलमा पर्नुहुन्छ होला ।

आई.टी. : र तपाईंहरूको अन्तिम पटक भेट चाहिँ बेबर्ली हिलको भेट थियो ?

स्टोर्मी : हो ।

आई.टी. : तपाईंलाई यो सबैमा कस्तो लाग्छ–आफ्नो बाचा पूरा नगरेकोमा ? तपाईंको धारणा के रहेको छ ?

स्टोर्मी : मलाई थाहा छैन । जेसुकै भए पनि मलाई कुनै रिस छैन ।

आई.टी. : तपाईंलाई ट्रम्पलाई विश्वास गरेर मूर्ख बने जस्तो लाग्छ ?

स्टोर्मी : लाग्दैन । मैले परिचितहरूलाई उनको प्रस्तावबारे भन्दै हिँडेको पनि थिइनँ । ‘थाहा पायौं म डोनाल्ड ट्रम्पको सोमा सहभागी जनाउँदै छु ।’ खासमा मैले उनको कुरामा पुरै विश्वास गरेकी थिइन । मैले त उनलाई त्यो सम्भब बनाउन चुनौती दिएको थिएँ । उनले १००% हुन्छ भने पनि मैले ५०–५० आस गरेको थिएँ । उनको कुरामा मात्र होइन म त्यस्तो ठूला कुराहरूमा कहिलै पनि पूरा आस गर्दिनँ ।

आई.टी. : तपाईंहरू बीच भएको कुरा त्यो बेलामा अरूलाई भन्नुभएको थियो ?

स्टोर्मी : एक दुई जना मानिसहरूलाई भनेकी थिएँ । मेरा सहायक, व्बाइफ्रेन्ड, मेरो साथी र्यान्डीलाई मैले काम गर्ने कम्पनीको प्रमुखलाई भनेकी थिएँ । तिनीहरू मेरो सम्भावनालाई लिएर निक्कै उत्साहित थिए ।

आई.टी. : तपाईंलाई उनको वा उनको श्रीमतीको लागि केही सन्देश छ ?

स्टोर्मी : मलाई थाहा छैन । अरूको कुभलो गर्नेले आफैले पनि त्यस्तो भोग्नुपर्छ ।

आई.टी. : उनी विवाहित थिए भन्ने तपाईं थाहा थियो । तपाईंसँग लागेर आफ्नी श्रीमतीलाई धोका दिइरहेको मानिससँग सम्बन्धमा रहँदा कस्तो लाग्यो ?

स्टोर्मी : त्यो समयमा त त्यस्तो केही सोचेकी थिइनँ तर अहिले मेरा बच्चा उनको त्यो बेलाको बच्चाको उमेरको भइसकेपछि ‘ओहो कस्तो ख…”

आई.टी. : तपाईंलाई नराम्रो लाग्छ ? यदि उनकी श्रीमतीसँग कुनै समय भेट भयो भने के भन्नु हुन्छ ?

स्टोर्मी : हो, मलाई नराम्रो लागिरहेको छ । त्यो समय भने मलाई त्यस्तो लागेको थिएन ।

आई.टी. : अहिले यसबारेमा किन खुल्दै हुनुहुन्छ ?

स्टोर्मी : म यसलाई बाहिर ल्याउनेवाला थिइनँ । मेरो एक जना साथीले फोन गरेर भनिन्– ‘हे, म फलानोसँग कुरा गर्दै थिएँ र उसले तिम्रो र …सम्बन्धको उल्लेख गर्यो, के यो साँचो हो ?’ सोधिन् । मैले ‘हो, एक वर्ष जति म उनीसँग निरन्तर सम्पर्कमा थिएँ ।’ भने । त्यसपछि उनले भनिन्– ‘तिमीलाई थाहा छ, उसको बारे निक्कै तल्लो स्तरको धारणा छ ।’ सुनाइन । त्यो निक्कै अपमानजनक थियो र त्यसले मलाई निक्कै क्रूद्ध बनायो ।

आई.टी. : यसलाई विस्तारमा भनिदिनुस् न ।

स्टोर्मी : तपाईंलाई एडल्ट उद्योगमा काम गर्नेसँग गोप्य रूपमा सङ्गत गर्दा चाहिँ ठीक छ तर सार्वजनिक रूपमा भने यो उद्योग र यसमा काम गर्नेलाई अपमान गर्नुहुन्छ भने रिस उठ्दैन ? म रेकर्डमा नभएको कुरा गरिरहेको छु, त्यसैले म के कुरा गरिरहेको छु भन्ने तपाईं अलमलमा पर्नुहुन्छ होला । एक युवती (जो पोर्न स्टार होइनन् र त्यति परिचित पनि छैनन्) ले उनीसँग हाम्रो सम्बन्धबारे केही भनिछन् । उनले ‘होइन त्यो सम्बन्ध भएको छैन’ मात्र होइन उनी त त्यस्तो मान्छेसँग सङ्गत गर्ने मान्छे हुँ भनेर तथानाम भनेछन् तर हेर्नस् म पोज दिनेभन्दा बढी गर्नसक्ने मान्छे हो । त्यसपछि उनले पूरा समय मसँग ढाँटिरहेका रहेछन् भन्ने होस आयो । मलाई त उनको सोमा लिइन्छ भन्ने पूरा आस पनि थिएन । मलाई मेरो सम्भावना ५०–५० लागेको थियो । तर अहिले आएर त्यो सबै झुट रहेछ भन्ने लाग्न थालेको छ ।

आई.टी. : तपाईंलाई प्रभावित बनाएर तपाईंसँग यौन सम्पर्क राख्नका लागि ?

स्टार्मीः हो र मलाई लाग्छ झुटले काम गर्यो ।

आई.टी. : तपार्ईंलाई यसमा केही थप्न चाहनुहुन्छ ?

स्टोर्मी : म उनकी श्रीमती हुन्थें र मैले आफ्नो श्रीमानले सयौं केटीलाई भोगेको थाहा पाएको भए म त्यसमा भन्दा पनि ऊ डिनरमा गएको र त्यस्तो सम्बन्ध लामो समय चालु राखेकोमा बढी क्रोधित हुन्थे ।

आई.टी. : यो ‘ओन–नाइट स्ट्यान्ड’भन्दा दीर्घ सम्बन्ध भएकोमा ?

स्टोर्मी : ठीक भन्नु भयो ।

आई.टी. : के उनले आफ्नी श्रीमतीको नाम कहिले उल्लेख गरेनन् ?

स्टोर्मी : अहँ ।

आई.टी. : र उनले आफ्नी श्रीमती यो सम्बन्धलाई स्वीर्काछिन् भन्दा पनि चिन्ता गर्नुपर्दैन भने ?

स्टोर्मीः हो । बरु उनले आफ्नी छोरी (इभान्का)को बारेमा निक्कै पटक गर्वका साथ कुरा गरेँ । उनी छोरीलाई लिएर निक्कै गर्व महसुस गर्थे, जुन एक हिसाबले राम्रो हो । उनले एक पटक मलाई उनको छोरीजस्तै चलाख र सुन्दर भनेका थिए । सायद उनले प्रशंसै गरेको हुनुपर्छ । तर परिवारको सन्दर्भमा उनले छोरीको मात्र कुरा गरे । उनी छोरीलाई लिएर भने निक्कै गर्व महसुस गर्थे र त्यो हुनु पनि पर्छ ।

आई.टी. : उनले अरूसँग पनि यौन सम्पर्क गरेको कुरा गर्थे ?
स्टोर्मी : अहँ ।

आई.टी. : तपाईंको करिअरको के छ आजकल ?

स्टार्मी : निक्कै राम्रो भइरहेको छ । मेरो भर्खर एक बच्चा भयो । गर्भवतीको अवधिभर मैले लेखन र निर्देशनमा मात्र ध्यान दिएँ । अघिल्लो वर्ष मैले निर्देशन मात्र गरेँ । अहिले पनि ‘विक्ड’ निर्देशन गरिरहेको छु । तिनसँग मेरो अनगन्ती सम्झाैता रहेको छ । यो निक्कै राम्रो भइरहेको छ । हामीले भर्खरै ‘विक्ड प्यासन’ भन्ने नयाँ ब्यानर सुरु गरेका छौं । म त्यसको निर्देशक जस्तो हुँ । अर्को महिनाबाट म सुटिङमा गइरहेको छु । सबै कुरा राम्रै चलिरहेको छ । मैले दुई वर्षमा गर्ने फिल्म एकै वर्षमा गरेँ, ता कि मैले काम गर्ने कम्पनीले म नहुँदा पनि फिल्म रिजिल गरिरहन पाउनेछ र बीचमा ग्याप छ जस्तो पनि लाग्नेछैन ।

आई.टी. : अहिले पनि तपाईंलाई अवसर आयो भने तपार्इं त्यसलाई स्वीकार्नुहुन्छ ?

स्टोर्मी : मलाई सोच्नुपर्छ । अब मेरी एउटी छोरी छे । म अब न्युयोर्कमा जान चाहन्छु कि चाहन्न पनि सोच्नु पर्छ । तर अन्त्यमा सायद गर्छु होला । यसलाई कसरी समय मिलाउने भने सोच्नुपर्छ ।

आई.टी. : डोनाल्ड ट्रम्पसँग कतै भेट भयो वा उनले तपाईंलाई पछ्याए भने के तपाईं पुन उनीसँग यौन सम्पर्क राख्नुहुन्छ ?

स्टोर्मीः अहँ ।

आई.टी. : किन ?

स्टोर्मी : किनकि म अहिले कोही अरूसँग छु, जोसँग म विशेष महसुस गर्छु ।

Loading...