दक्षिण कोरियाली राष्ट्रपतिको उत्तर कोरियासँग शान्तिवार्ता प्रस्ताव । प्योङयाङले दिएन जवाफ

लामाे समयदेखि द्वन्द्वरत दुर्इ कोरियाबीचकाे सम्बन्ध सुदृढ गर्न भन्दै दक्षिण काेरियाका राष्ट्रपतिले उत्तर काेरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । मंगलवार दक्षिण काेरियाले याे प्रस्ताव उत्तरलार्इ पठाएकाे हाे ।

नवगठित दक्षिण काेरियाली राष्ट्रपति मून जे इन ले दुबै देशले अाफ्ना सीमावर्ती क्षेत्रमा दुबै अधिक सैनिकीकरणकाे अन्त्यका लागि वार्ता गर्नु जरुरी भएकाेले याे प्रस्ताव पठाइएकाे प्रतिक्रिया दिएका छन् ।

दक्षिण काेरियाकाे याे प्रस्तावप्रति उत्तर काेरियाले भने कुनै प्रतिक्रिया जनाएकाे छैन । प्राविधिक दृष्टिले दुबै देशका सीमा युद्धकाे स्थितिमा छन् । गत मे महिनामा निर्वाचित राष्ट्रपति मून शक्तिमा अाएपछि उनले उत्तर काेरियासँग वार्ता गर्न चाहेकाे बुझिएकाे छ ।
उत्तर काेरियाले अाफ्नाे देशकाे रक्षाका लागि भन्दै पटक पटक अाणविक र मिसाइल कार्यक्रमहरु सञ्चालन गरिरहेपछि त्यसबारे अमेरिका लगायत अन्य ठूला देशहरु तनावमा छन् ।

उत्तर काेरियाले अघिल्लाे महिना मात्र अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल (ICBM) काे पहिलाे सफल परिक्षण गरेकाे थियाे । उक्त परिक्षणमा अहिलेसम्म परिक्षण गरिएका मध्ये उच्चतम प्रविधिकाे प्रयाेग गरिएकाे बताइन्छ । दक्षिण काेरिया र अमेरिकालार्इ याे निकै टाउकाे दुखाइकाे विषय बन्न पुगेकाे छ ।

दक्षिण काेरियामा अमेरिकाले थाड (एन्टी मिसाइल प्रविधि)काे स्थापना गर्न नसक्नु, चीन र रसियाकाे दबाब खेपिरहेका बेला सिरियामा बाध्यवस जारी युद्ध विराम गर्नु परिरहेकै बेला अमेरिकाकाे अालास्का सहरलार्इ टार्गेट गरेर उत्तर काेरियाले गरेकाे उक्त परिक्षणले अमेरिका र दक्षिण काेरिया दुबैलार्इ दबाब परेकाे छ ।

दक्षिण काेरियाका एकीकरण मन्त्री चाे म्याे इङ ग्याेङ ले भने, “दुर्इ काेरियाकाे वार्ता र सहकार्यले उत्पन्न तनावलार्इ न्यूनिकरण गर्न र काेरियन प्रायद्वीपमा शान्ति स्थापना गर्न महत्वपूर्ण याेगदान गर्नेछ । अन्तर–काेरिया सम्बन्ध र उत्तर काेरियाकाे अाणविक समस्यालार्इ समेत सम्वाेधन गर्न सकिनेछ ।”

यसअघि दक्षिण काेरियाका रक्षामन्त्रीले ताेङगिल्गाकमा इन्धन सङ्कटकाे समाधानकाे निम्ति जुलार्इ २१ मा वार्ताका लागि उत्तर काेरियासँग प्रस्ताव राखेका थिए । ताेङगिल्गाक उत्तर काेरियाकाे पान्मुन्जाेम गाउँकाे सीमा क्षेत्रमा पर्ने एक एेतिहासिक क्षेत्र हाे । जहाँ २०१५ काे डिसेम्बरमा दुर्इ काेरियाबीच वार्ता भएकाे थियाे ।

प्याेङयाङकाे अाणविक परिक्षणकाे प्रतिक्रिया स्वरुप दक्षिण काेरियाले लगाएकाे अार्थिक नाकाबन्दीका विरुद्धमा उत्तरले गत वर्ष दक्षिण काेरियाली सरकार र सैन्य हटलार्इन काटिदिएकाे थियाे । दक्षिण काेरियाका एकीकरणमन्त्री चाे ले उक्त सीमावर्ती क्षेत्रमा सैनिक तथा सरकारकाे हटलाइनकाे पुनर्स्थापनामा जाेड दिएका छन् ।

उत्तर काेरियाले अहिलेसम्म पाँच वटा बिशाल अाणविक परिक्षण र सयाै मिसाइल परिक्षण गरिसकेकाे छ ।

दक्षिण काेरियाले दुबै प्रतिद्वन्द्वी राज्यहरुकाबीच हुन सक्ने छुट्टै वार्ताका लागि समेत प्रस्ताव गरेकाे छ । रेडक्रस जस्ता अन्तराष्ट्रिय संस्थाहरुले मानवीयता सम्बन्धीका थुप्रै कार्यक्रम सञ्चालन गर्दै १९५० देखि १९५३ सम्म चलेकाे काेरियन युद्धले विभाजित हुनु परेका परिवारहरुलार्इ केही दिनदेखि पुन: पारिवारिक एकीकरणका कार्यक्रमहरु सञ्चालन गर्दै अाएकाे छ । रेडक्रस दक्षिण काेरियाले यस्ता सम्भावित पुनर्मिलन सम्बन्धीका कार्यक्रमहरुलार्इ चुसेक हाेलि डे का दिन काेरियनहरुकाे धन्यवाद ज्ञापन कार्यक्रम मार्फत गर्न सुझाएकाे छ । याे पर्व अागामी अक्टाेवर महिनामा पर्छ ।

दक्षिणले उत्तरलार्इ गरेकाे शान्ति वार्ताकाे प्रस्ताव हालै जर्मनीकाे ह्याम्वर्गमा सम्पन्न जी २० शिखर सम्मेलनमा व्यक्त राष्ट्रपति मूनकाे प्रतिवद्धताकाे परिणाम हाे । यसलार्इ विश्वले निकै चासाेका साथ हेरेकाे छ । शान्तिवार्ताकाे प्रस्तावमा दक्षिण काेरियाले दुर्इ काेरियाबीच अधिक सैन्य गतिविधि विस्तार नगर्ने उल्लेख छ । तर, उत्तर काेरियाले भने दक्षिण काेरियाली सरकारकाे दृष्टिकाेण र प्रस्तावलार्इ अमेरिका निर्देशित कदमका रुपमा लिएकाे बुझिन्छ । याे अमेरिकी–दक्षिण काेरियाली गठबन्धनका रुपमा अाएकाे प्रस्ताव भएकाे उनीहरुले अनाैपचारिक रुपमा टिप्पणी गर्ने गरेका छन् ।

प्याेङयाङले भने दक्षिण काेरियामा बन्दी बन्दी बनाइएका १२ जना वेटर्सहरुलार्इ रिहा नगरेसम्म वार्ताकाे प्रस्ताव अस्वीकार गर्ने सम्भावना रहेकाे अनुमान गरिएकाे छ । तर, दक्षिण काेरियाली मन्त्री चाे ले उक्त विषयलार्इ वार्ताकाे एजेण्डामा नराखिएकाे स्पष्ट पारेका छन् ।
दक्षिण काेरियाले उत्तर काेरियालार्इ पठाएकाे साे प्रस्ताव अमेरिकाले उत्तर काेरियामाथि थप नाकाबन्दी लगाउन चिनियाँ बैंक र व्यापारीहरुलार्इ गरेकाे अनुराेध असफल भएपछि चालिएकाे कदमका रुपमा बुझिएकाे छ । यसका लागि सर्वाधिक निर्णायक उत्तर काेरियाका युवा राष्ट्रपति किम जाेङ उन हुनेछन् ।

Loading...