ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या

काठमाडाैं । वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् ।

वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको थियो ।

उनले पहिला पनि पटकपटक आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको छ । साथै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएकाे छ ।

Loading...