अमेरिकालार्इ रुसको कडा जवाफ, ६० कुटनीतिज्ञ रुसबाट निकालिए, कन्सुलर कार्यालय बन्द

एजेन्सी । अमेरिकाले अाफ्ना कुटनीतज्ञलार्इ देश निकाला गरेकाे केही समय नबित्दै रुसले पनि ६० कुटनीतिज्ञलार्इ देश निकाला गर्ने निर्णय गरेकाे छ । अमेरिकाका ६० कूटनीतिकलाई देश निकाला गर्ने निर्णय गर्दै रुसले अमेरिकाे कार्यकाे जवाफ दिएकाे हाे ।

रुसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ। ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न एक हप्ताको समय दिएको छ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जस्तालाई तस्तै जवाफ दिइएको प्रतिक्रिया दिएका छन्। रुसको यस कदमले अरु देशसँग राम्रो सम्बन्ध चाहन्न भन्ने पुष्टि भएको जिकीर गरेको छ । रुसका एक पूर्व जासूसलाई दक्षिण इंग्ल्याण्डमा विष खुवाउन रुसको संलग्नता देखिएपछि यो घटनाक्रम विकास भएको हो।

ब्रिटेनलाई साथ दिँदै २० भन्दा बढी देशले रुसी कूटनीतिज्ञलाई निकालेका छन्। अमेरिकाले यसै हप्ता ६० रुसी कूटनीतिक कर्मचारीलाई देश निकाला गर्नुका साथै सियाटलस्थित कन्सूलर कार्यालय बन्द गराएको थियो। ब्रिटेनले पनि रुसमाथि केही प्रतिबन्ध लगाउनुका साथै २३ कूटनीतिक कर्मचारीलाई निष्काशन गरेको थियो। रुसले पनि यत्ति नै संख्यामा ब्रिटिश कर्मचारीलाई फिर्ता पठाउनुका साथै र ब्रिटिश काउन्सिल बन्द गरिदिएको थियो ।

Loading...